पाँचथरको फिदिममा चासोक मेला सुरु

Sunday, December 24th, 2017 at 9:11 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, साहित्य

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

maxresdefaultशंकर चापागाई /पौष ९ ,२०७४
पाँचथरको फिदिममा चासोक मेला सुरु भएको छ । किरात लिम्वु समुदायको महान सांस्कृतिक पर्व चासोक तङ्नामको अवसरमा मेला आयोजना गरिएको हो । मेलाको उद्घाटन फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले गर्नुभयो । उहाँले मेलाले लिम्वू समुदायको चाड चासोकको प्रचार प्रसारसँगै सामाजिक रुपमा स्थापित गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मेलाको उद्घाटन समारोहमा नेपाली कांग्रेसका जिल्ला सचिव वृजहाङ आङ्देम्वे,एमाले जिल्ला उपसचिव धनकुमार फियाक,माओवादी केन्द्रका युवा नेता जलकुमार तामाङ,संघीय समाजवादी फोरम नेपालका नेता हरिराज लोवा र संघीय लिम्वुवान परिषदका इन्दिरा धौरालीले सम्बोधन गर्दै चासोक तङनामको शुभकामना पनि व्यक्त गर्नु भएको थियो ।
मेलामा लिम्वू जातिको पहिचान झल्किने पोशाकसँगै पुस्तक प्रदर्शनी रहेको छ । मेलाको आयोजना गर्ने संस्था किरात याक्थुङ चुम्लुङ पान्थरका सह सचिव चन्द्र माङ्मुले मेला आगामी पुष २० गतेसम्म हुने बताउनुभयो । मेला उद्घाटन समारोहको अध्यक्षता चुम्लुङका जिल्ला अध्यक्ष नरेन्द्रराज केरुङले गर्नु भएको थियो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर