पाँचथरमा मतगणना सुस्त गतिमा

Friday, December 8th, 2017 at 5:46 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, साहित्य

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

पाँचथरमा मतगणना ढिला गरी हुँदैछ । मतगणनास्थल क्षेत्रमा आएका दलका नेता,कार्यकर्ता र शुभेच्छुकहरुले गणकहरु थपेरै भएपनि तीव्र मतगणना गर्नु पर्नेमा जोड दिएका छन् । मूख्य निर्वाचन अधिकृतको कार्यालयले भने स्थलको अभाव भएको जनाएको छ । यसले गर्दा गणनास्थल थप गरेर गणना गराउने अवस्था नरहेको मूख्य निर्वाचन अधिकृत मनोज केसीले बताए । जिल्लामा हिजो वेलुकीदेखि २ वटा स्थानमा गणना गरिएपनि आज विहानदेखि भने एउटा गणना स्थान थपिएको छ । केहीवेर अघिदेखि थप एउटा गणनास्थल थपिएर गणनालाई तीव्रता दिन थालिएको छ । यद्यपी गणना कार्य ढिलो भएको जनगुनासो छ । गणना थालिएको २६ घण्टामा कूल २९ हजार ५ सय १८ मत मात्रै गणना गरिएको छ । अव कूल ४८ हजार १ सय ६४ मत गणना गर्न बाँकी छ । गणना यही गतिमा हुने हो भने गणना भोली दिउसो करिव २ बजेसम्ममा सकिने अनुमान लगाउन सकिन्छ । यद्यपी मूख्य निर्वाचन अधिकृत केसीले भने गणना सुरु गरेको ३६ घण्टाभित्रमा मतगणना सम्पन्न गरिने बताएका थिए । अहिले प्रतिनीधिसभा सदस्य तर्फको मतगणना भइरहेको छ । प्रतिनीधिसभा सदस्यको मतगणना सकिएपछि मात्रै प्रदेशसभा सदस्य तर्फको मतगणना हुनेछ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर