मतगणना जारी रहेको पाँचथरको ४ तहमै कँग्रेसको अग्रता

Thursday, June 29th, 2017 at 2:47 pm विशेष, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

मतगणना जारी रहेको पाँचथरको ४ गाउँपालिकामै नेपाली काँग्रेसको अग्रता कायमै छ । नेकपा एमालेको लाल किल्ला भनेर चिनिने जिल्लाको याङवरक,हिलिहाङ,कुम्मायक र तुम्वेवा गाउँपालिकामा विहानैदेखि काँग्रेको अग्रता छ । याङवरक गाउँपालिकामा नेपाली कँग्रेसका शेरवहादुर नुगो १५६ मतका साथ अगाडी हुनुहुन्छ । उहाँलाई एमालेका लेखनाथ घिमिरेले १५१ मतका साथ पछ्याइरहनु भएको छ । माओवादी केन्द्रका भीम मावो २७ मतका तेश्रो स्थानमा हुनुहुन्छ । उपाध्यक्ष पदमा भने एमालेको कमला योङहाङ १२९ मतका साथ अगाडी हुनुहुन्छ । उहाँलाई कँग्रेसकी कल्पना कोइरालाले १ सय ८ मतका साथ पछ्याइरहनु भएको छ । माओवादी केन्द्रकी इन्दिरा पोख्रेलको भने २२ मत छ । कुम्मायक गाउँपालिकामा कँग्रेसका बमप्रसाद लावतीलाई ३ सय ६९ मत प्राप्त भएको छ । एमालेका जयवहादुर चेम्जोङको पक्षमा ३ सय २५ मत पाउनु भएको छ । उपाध्यक्षमा एमालेकी सीता आचार्यले ३ सय ६० मत प्राप्त गर्नु भएको छ । राप्रपाका जितवहादुर अगुवाले २ सय ५३ मतका साथ पछ्याइरहनु भएको छ । संघीय समाजवादीका सूर्यकिरण राईले ४५ मत प्राप्त गर्नु भएको छ । जिललाको दक्षिणी क्षेत्रको स्थानीय तह तुम्वेवा गाउँपालिकामा पनि कँग्रेसकै अग्रता छ । कँग्रेसका होमनाथ थापा २ सय ६३ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई माओवादी केन्द्रका देवेन्द्र खत्रीले २ सय ४ मतसाथ पछ्याउँदै हुनुहुन्छ । उपाध्यक्ष पदमा एमालेका धन साँवाको ३ सय ६० र राप्रपाका घलेन्द्रवहादुर कुरुम्बाङको २ सय ५३ मत छ । हिलिहाङ गाउँपालिकामा कँग्रेसका समरवहादुर अधिकारीको १ सय ३५ मत छ । एमालेका भुवानीप्रसाद लिङदेनको ५० मत छ । माओवादी केन्द्रका रविन तिम्सिनाको ९ मत मात्रै छ । उपाध्यक्ष पदमा भने कँग्रेसकी ताराकुमारी योङहाङ र एमालेकी सुमित्रा सेँढाईको समान ७५ मत छ । माओवादी केन्द्रकी एलिसा वाग्लेको ४४ मत छ । जिल्लाको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पनि मतगणना जारी नै छ । तर मतपरिणाम सार्वजनिक भएको छैन । मिक्लाजुङ र फालेलुङ गाउँपालिकामा भने मतगणना सुरु भएको छैन ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक