तुम्वेवा गाउँपालिका अध्यक्षमा कँग्रेसको प्रारम्भिक अग्रता

Thursday, June 29th, 2017 at 8:11 am समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

असार १५,

पाँचथरको दक्षिणी क्षेत्रको स्थानीय तह तुम्बेवा गाउँपालिकामा मतगणना जारी छ । वडा नम्बर १ को कूल १ हजार ४६ मतमध्ये २५४ मत गणना सकिँदा अध्यक्ष पदमा कँग्रेसका होनाथ थापाले – १०० मत,माओवादी केन्द्रका देवेन्द्र खत्रिले ७० र स्वतन्त्रबाट मित्रप्रसाद थापाले १५ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्ष पदमा नेकपा एमालेका धनप्रसाद साँवाले ७९ र राप्रपाका घलेन्द्रवहादुर कुरुम्बाङले ६२ र नयाँ शक्तिका सूर्य सम्बाहाम्फे – ३ मत प्राप्त गर्नु भएको छ । १ नम्बर वडाको वडाध्यक्ष पदमा कँग्रेसका ज्ञानवहादुर भण्डारीले ७० ,एमालेका मोतिराज तामाङले ८६ ,माओवादी केन्द्रका धनवहादुर कार्कीले ५९ र नयाँ शक्तिका माङसा सम्बाहाम्फेले १ मत प्राप्त गर्नु भएको छ । जिल्लाको पूर्वी क्षेत्रको स्थानीय तह याङवरक गाउँपालिकामा पनि विहान ४ बजेदेखि मतगणना भइरहेको छ । तर मतपरिणाम सार्वजनिक गरिएको छैन । जिल्लाको फिदिम नगरपालिका,हिलिहाङ गाउँपालिका,फालेलुङ गाउँपालिका,फाल्गुनन्द गाउँपालिका,कुम्मायक गाउँपालिका र मिक्लाजुङ गाउँपालिकामा भने आज विहानै सर्वदलिय वैठक आह्वान गरिएको छ । वैठकपछि मतगणना थालिने भएको छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक