सँघीय विद्यार्थी युनियन स्ववियू निर्वाचनमा जाने

Wednesday, February 1st, 2017 at 7:54 pm News Headlines, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

sa
लक्षिमा तामाङ
माघ १९,२०७३
विगतमा प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत हुने गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन बहिष्कार गरेको संघीय विद्यार्थी युनियनले आगामी फागुन १४ गते हुन लागेको स्ववियु निर्वाचनमा सहभागिता जनाउने भएको छ ।
त्रिभुवन विश्वविद्यालयले मिश्रित निर्वाचन प्रणाली मार्फत गर्न लागेको स्ववियुको निर्वाचनलाई उपयोग गर्ने नीतिका साथ युनियन निर्वाचनमा जाने भएको हो । युनियनका केन्द्रीय अध्यक्ष सागर केरुङद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘विद्यार्थी हित र शैक्षिक नीतिगत सन्दर्भका मागहरु अविलम्ब पूरा गर्न १२ माग राखि गरिएको आन्दोलन पश्चात त्रि.वि.ले घोषणा गरेको मिश्रित स्ववियु निर्वाचन प्रणालीले हाम्रा मागहरुलाई आंशिक रुपले सम्बोधन गरेको छ । हाम्रा मागहरुलाई यथावत राख्दै आन्दोलनकै रुपमा स्ववियुको निर्वाचनलाई सदुपयोग गर्दै निर्वाचन प्रणालीमा सहभागी हुने जानकारी गराउछौँ ।’
युनियनले स्ववियु निर्वाचनमा पूर्ण समानुपातिक प्रणाली लागू गर्नुपर्ने, सार्वजनिक विदालाई समावेशी बनाइनुपर्ने, त्रिवि अन्तर्गतका सबै परीक्षा समयमै गरी ३ महिनाभित्रै नतिजा सार्वजनिक गर्नुपर्ने, बहुभाषिक शिक्षा नीति लागू गर्नुपर्ने लगायत माग समेत गरेको छ । युनियन कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च निकट विद्यार्थी संगठन हो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक