दानवीर डिएसपी पोख्रेल

Wednesday, February 1st, 2017 at 7:50 pm News Headlines, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

p
अनिल आङदेम्बे
माघ १९,२०७३
तलव वापतको रकमबाट पाँचथर प्रहरी प्रमुख डिएसपी नकुल पोख्रेलले जिल्लाको फिदिम नगरपालिका ६ चोकमागूकी अपाङ्गता भएकी एक युवतीलाई चामल दिँदै आउनु भएको छ । पाँचथर रहुञ्जेल प्रत्येक महिना ५० किलो चामल दिने प्रतिवद्धता जनाउनु भएका डिएसपी पोख्रेलले आज तेश्रो पटक चामल दिनु भएको छ । फिदिम नगरपालिका ६ कि २३ वर्षिया शान्ति तुम्बापोलाई उहाँले चामल दिनु भएको हो । शारिरीक र बौद्धिक अपाङ्गता भएकी उनको अवस्था र घरको पनि आर्थिक अवस्था दयनिय देखेपछि मासिक रुपमा चामल सहयोग गरेको बताउनुभयो । सवारी साधनबाट चामल तुम्बापोको घरमै पु¥याइ दिने गरिएको छ । आफ्नो थोरै सहयोगले विपन्न र दयनिय अवस्थाको तुम्बापो परिवारलाई राहत मिल्ने उहाँको विश्वास छ । प्रहरी जवान राजेश गौतमले पनि दुई दर्जन विस्कुट दिनु भएको छ । शान्ति तुम्बापो ८१ वर्षिया धनप्रसाद र ६५ वर्षिया धनकुमारी लिम्वूको एक मात्रै छोरी हुन् । अचेत अवस्थाकी उनलाई वृद्ध बुबा र वृद्धा आमा स्याहार्दै आएका छन् । बुबा धनप्रसादका अनुसार सानै छँदा शान्तिको आँखामा समस्याको आएको र उपचारको लागि सिरहाको लहानसम्म लगेको तर उपचार सम्भव भएन । बुढेसकालमा जीन्दगीको सहारा नै ठानेकी छोरीको अवस्था दयनिय भएपछि जन्मदाता बुबाआमा चिन्तित छन् । बुबा धनप्रसाद छोरीको स्याहारमा र आमा धनकुमारी विहान बेलुकीको छाक टार्न बनिबुतो गर्दै आउनु भएको छ । तुम्बापो परिवारलाई यसअघि जनसेवा समाज पाँचथरले खाद्यन्न र लत्ताकपडा पनि सहयोग गरेको छ । समाजका अध्यक्ष अध्यक्ष राजेन्द्र अधिकारीले डिएसपी कोइराला जस्तै सहयोगी मन हुनेहरुलाई सहयोगको लागि आग्रह गर्दै आउनु भएको छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक