वाईसियलको संयोजकमा चोलुङ

Wednesday, February 1st, 2017 at 7:47 pm News Headlines, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

yclरामचन्द्र तामाङ
माघ १९,२०७३
नेकपा माओवादी केन्द्र निकट युवाहरुको संगठन योङ कम्यूनिष्ट लिग (वाइसियल) नेपाल पाँचथरको एकता भेला सम्पन्न भएको छ । भेलाले दिलकुमार नेम्बाङ चोलुङको संयोजकत्वमा ६१ सदस्यीय कार्य समिति चयन गरेको छ । वाइसियलको जिल्ला इञ्चार्जमा योगेन्द्र साउदेन लेञ्जोलाई तोकिएको छ । भेलामा पार्टी इञ्चार्ज तथा पोलिट्व्युरो सदस्य हर्क नेम्बाङ मिक्सो,अर्का पोलिटव्यूरो सदस्य नविन जवेगू,सह–इञ्चार्ज विशाल रसाइली,सह संयोजक दिनेश लावती र वाईसियल केन्द्रिय सचिवालय सदस्य ठाकुरसिं नेम्बाङले पार्टीको संगठन निर्माणको आधार वाईसियल नै भएकोले स्थानीय निर्वाचनलाई लक्षित गरेर अघि बढ्न सुझाउनु भएको थियो । विगतमा देशैभर राजनीतिकदेखि सामाजिक क्षेत्रमा समेत अगुवाई गरेको वाइसिएल माओवादी विभाजनसँगै निश्क्रिय बनेको थियो । माओवादी घटकहरुको एकतापछि माओवादीले वाइसिएललाई सक्रिय बनाउने प्रयत्न थालेको छ । यसैवीच माओवादी केन्द्रले जनवर्गीय संगठनहरुको एकतालाई जारी राखेको छ । यसअघि महिला,ट्रेड युनियन,लिम्वूवान मुक्ति मोर्चा,मगर मुक्ति मोर्चा लगायत जनवर्गीय संगठनहरुको एकता भेला सम्पन्न भएको छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक