घरदैलोमै प्रशासनिक सेवा

Wednesday, February 1st, 2017 at 7:44 pm News Headlines, विशेष

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

Ghumti sibir

रविन्द्र काफ्ले
माघ १९,२०७३

पाँचथरका सरकारी कार्यालयहरुले जिल्लाको दक्षिणी क्षेत्रको दुर्गम गाविसका नागरिकहरुलाई गाउँमै प्रशासनिक सेवा प्रदान गरेका छन् । जिल्ला प्रसाशन कार्यालयको अगुवाईमा एकीकृत घुम्ती शिविर आयोजना गरी सरकारी कार्यालयहरुले प्रशासनिक सेवा प्रदान गरेका हुन् । गाउँमै सञ्चालन गरिएको शिविरले सदरमुकाम पुग्ने समय र खर्च बचत भएसँगै आफ्नै आँगनमा सेवा पाएको भन्दै सर्वसाधारण हर्षित भएका छन् । शिविरमा नागरिकता, जेष्ठ नागरिक अपाङ्गता परिचयपत्र, मतदाता नामावली दर्ता, स्वास्थ्य परीक्षण, किसानलाई कृषि बीउ वितरण लगायतका सेवा दिने गरिएको छ ।
शिविरमा जिल्ला प्रशासन, जिल्ला विकास समितिको कार्यालय, स्वास्थ्य, कृषि, पशु सेवा, महिला तथा बालबालिका कार्यालय, सेना र प्रहरी कार्यालयले सेवा प्रदान गर्दै आएका छन् । सर्वसाधारणको माग, समस्या, चाहना र अवस्था अनुसार सरकारी सेवा सुविधा घरदैलोमा पु¥याउन जरुरी रहेको पाँचथर क्षेत्र नं २ का सांसद भिष्मराज आङदेम्बे बताउँछन् ।
सर्वसाधारणलाई सहज सेवा पु¥याउने उद्देश्यले एकीकृत घुम्ती शिविर निरन्तर रुपमा सञ्चालन हुँदै आएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । घुम्ती शिविरका क्रममा जिविसले जिल्लामा सञ्चालित विकास आयोजनाहरुको अनुगमन र सार्वजनिक सुनुवाई गर्दै आएको छ । यसै साता पाँचथरका सुदुर दक्षिणी दुरदिम्बा गाविसको ६ नम्बर बुधबारे, लिम्बा, मौवा र आङना गाविसमा आयोजित एकीकृत घुम्ती शिविरमा तीन हजार भन्दा बढि सर्वसाधारणले सरकारी सेवा पाएका छन् ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक