चन्द माओवादीको निशानामा पाँचथरको दुई कार्यालय

Wednesday, February 1st, 2017 at 7:35 pm News Headlines, विशेष

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

Jilla sikshya karyalaya
जिल्ला शिक्षा कार्यालय
Mahila tatha balbalika karyalaya
महिला तथा वालवालिका कार्यालय

जङ्ग तामाङ
माघ १९,२०७३
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीको निशानामा पाँचथरको दुई सरकारी कार्यालय रहेका छन् । निशानामा रहेका कार्यालयहरुमा जिल्ला शिक्षा र महिला तथा वालवालिका कार्यालय छन् । भ्रष्टहरुलाई जनकारवाही गर्ने भन्दै आएको पार्टीले ६ महिनासम्म लिएको सेवाग्राहीको गुनासोसँगै पार्टीमा आएको उजुरी र निगरानीका क्रममा जुटाइएको प्रमाणको आधारमा ती दुई कार्यालय जिल्लाकै सवैभन्दा भ्रष्ट पाइएको दावी सो पार्टीका जिल्ला स्थित एक शीर्षस्थ नेताले बताएका छन् । उनका अनुसार जिल्ला शिक्षा कार्यालयमा रहेका ३ जना प्राविधिकहरुले भवन,शौचालय, खेलमैदान,घेराबारा लगायतका विद्यालयको भौतिक निर्माणको क्रममा प्रधानाध्यापकबाट ३० प्रतिशतसम्म कमिसन लिने गरेको ४१ वटा विद्यालयबाट गुनासो आएको छ ।‘जिल्लाको सुभाङ,सराङडाँडा र याङनाम लगायत गा.वि.स.मा निर्माण भएका र निर्माणधिन विद्यालयका प्रधानाध्यापकहरुले प्राविधिकहरुलाई कूल बजेटको ३० प्रतिशत रकम कमिसन दिएको पाइयो’सुम्हालुङ सम्वाददातासँग उनले भने, कमिसन मागे जति नदिए जस्तापाता,ढुङ्गा,गिटी,वालुवा,सिमेन्ट गुणस्तरयुक्त नभएको,मापदण्ड अनुसारको भवन निर्माण नगरेको, भवनको गारो बाङ्गो भएको जस्ता केही न केही कारण देखाउँदै भवन निर्माण सकिएपनि प्राविधिकहरुले स्वीकृत नगरिदिने गरेको पाइएको छ ।’प्रधानाध्यापकले योजना फस्र्यौट नहुने र फेरी योजना नपर्ने डरले मागे जति नै कमिसन दिने गरेको पाइएको उल्लेख पनि गरेका छन् । विनियोजित कूल बजेटमध्येबाट एकातिर २० प्रतिशत जनश्रमदान जुटाउनु पर्ने र अर्कातिर शिक्षा कार्यालयबाट खटाइएका प्राविधिकबाट ३० प्रतिशत अशुल गर्दा ५० प्रतिशत बजेटबाट विद्यालयको भौतिक पक्षको निर्माण गर्नु पर्दा मापदण्ड अनुसारको भवन निर्माणमा समस्या देखिएको तर्क गरे ।

         यससँगै भ्रष्टाचारीको प्रमाण संकलन गर्ने क्रममा विप्लव माओवादीले महिला तथा वालवालिका कार्यालयमा पनि भ्रष्ट कर्मचारी पाएको जनाएको छ । कार्यालयबाट महिलाहरुको क्षमता वृद्धि,नेतृत्व सीप विकास तथा आयमूलक तालिम सञ्चालनका क्रममा तालिममा सहभागिहरुलाई भत्ताको व्यवस्था भएपनि भत्ता वापतको रकम कार्यालय प्रमुखले नै लिने गरेको पार्टीले ठोकुवा दिएको छ । ती नेताले भ्रष्टाचारीसँग बार्गेनिङ नगर्ने र आँखा चिम्लेर जनकारवाही गर्ने चेतावनी दिए । दुई कार्यालयपछि सो पार्टीले सम्वन्धित गा.वि.स.मा नबसेर सदरमुकाम फिदिममा बस्दै जनतालाई दुःख दिने सचिवहरुलाई कारवाही गर्ने चेतावनी पनि दिएका छन् । उनले भ्रष्टाचारीलाई जनकारवाही गर्ने पार्टीको कार्यक्रम नै भएकाले जिल्लाका अन्य कार्यालयलाई पनि निगरानीमा राखिएको बताए ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक