सक्कली संस्कृतिको हत्या हुँदैछ

Tuesday, January 31st, 2017 at 5:57 pm विचार, विशेष

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

photo
ह्रिञ्जेन

             प्रसङ्ग परापूर्वकालको । एक दिन तामाङ चेली माइती घर गइन् । पोङमा रक्सी,दुनामा गोरुको मासुको अचार र फापरको रोटी बोकेर । उनको स्याल्गारले थुन्से ट्याप्पै थियो । गर्भवती पनि थिइन् उनी । वर्षमासको दिन । अत्यन्तै चर्को घाम । हिँड्न समस्या । तर पनि चुँई चुँई थुन्से बोकेर गइन् । माइतीघर टाढा । लाठेलाई नै पुग्न दिनभर लाग्ने । वषौँपछि जाँदै गरेकी उनमा खुसीको उन्माद थियो । उन्मादको सीमा थिएन । विहानै घरदेखि चिरिच्याँट्ट परेर हिँडेकी उनी झमक्कै साँझ पर्दा पनि वीच बाटोमै । बाटो देखुञ्जेल हिँडिन् । हिँड्दा हिड्दै बाटोको छेउमै आँपको रुख भेटिन् । रुखको फेदमा एउटा ठूलो चिप्लेटी ढुङ्गा । त्यही ढुङ्गामा खुइया श्वास फेरिन् । अनि चिसो पसिना पुछिन् र ढल्किइन् । ढल्किदा दिनभरीको धपेटले फुस्सै निदाइन् । व्यूँझिदा रात निक्कै छिप्पिएको । त्यसपछि जङ्गली जनावरले खान सक्छ भन्ठानी आँपको रुखमा चढिइन् । र निदाइन् । तर मध्यरातमा कच्याङ कुचुङ झगडा परेको आवाज सुनिन् र व्यूँझिन् । व्यूँझिएर हेर्दा भुँइमा स–साना मसान देखिन् । उनी तर्सिन् । तर्सिएपछि निदाउन सकिनन् । घण्टौँपछि पारी गाउँमा झल्याक् झुलुक बत्ति बल्न थाल्यो । भाले पनि बास्यो । भाले बासेपछि रुखदेखि ओर्लिएर थुन्से बोकेर लखर लखर हिँडिन् । भूँइमा उज्यालो अलिअलि खसेको थियो । आकाशमा ताराहरु पनि अलिअलि देखिन्थ्यो । आधा जुन पनि पश्चिमी क्षितिजमा पुग्नै लागेको । लौरो टेक्दै टेक्दै गइन् । भोकै ज्यान । त्यसमाथि तर्सिएको । पसिनाले लुत्रुक्कै जीउ । वल्लैले झुल्के घाम लाग्दा माइतीघर पुगिन् । थुन्से राखेर स्याल्गार दिइन् आपा–आमालाई । छोरीको स्याल्गार खाँदै बसिन् । त्यसैखेर छोरीले रातको कथा सुनाइन् । डिलमा बसेर सुनाउँदा सुनाउँदै भुँइमा पुर्लुक्क ढलिन् र उनले प्राण त्याग गरिन् । घरमा एकैछिनमा रुवाबासी मच्चियो । छर छिमेकीहरु आउन थाले । सवै दुःखी भए । आँखामा सब्को टिलपिल टिलपिल आँशु । गाँउ शोकमा डुव्यो । गाउँको ताम्बा,गान्बा,बोम्बो र लामाहरु भेलिए । मृतकको सद्गद् गरियो । ङो र घेवा पनि सकियो । सकिएपछि दुःख भएकै घरमा गाउँको ताम्बा,गान्बा,बोम्बो र लामाहरु भेलिएर गफिए । सो क्रममा छोरीचेलीलाई टाढाको कुटुम्बलाई नदिने कुरा भयो । दिइदा छोरीचेलीलाई माइती टाढा हुने,रातसाँझ पनि हिँड्नु पर्ने,भुतप्रेतले तर्साउने,सातो खाने र अन्ततः मृत्यूवरण गर्ने भन्दै नजिकैको कुटुम्बलाई छोरीचेली दिनुपर्ने सवाल उठ्यो । कुटुम्बसँग छोरीचेली दिइएपछि जन्मिएका भाञ्जा भाञ्जीसँग र माइतीको छोरा छोरी अर्थात भदा भदैनीवीच नै विहेबारी गराउने भनियो । यसरी फुफु–चेलाको छोराछोरीवीच नै विहेवारी भएमा बुहारी भएर आउने भदैनी वा भाञ्जीलाई मायाँ गर्ने,हेलातोला नगर्ने,दुरव्यवहार नगर्ने मान्यता भएको किम्वदन्ती तामाङ समुदायमा कतै कतै छ ।

           त्यसैबेलादेखि नै विहेबारी गराउन थालिएको ताम्बाहरु बताउँछन् । जो अहिले तामाङ समुदायको विशिष्ट संस्कृति बनेको छ । अमूल्य नीधि बनेको छ । यद्यपी, करिव २ दशक यता यसरी गर्ने विवाहमा ह्वात्तै घटौती भएको छ । एउटा मूल्य र मान्यताले स्थापित वैवाहिक परम्परा तोडिँदै छ । यसरी तोड्नु र तोडाउनु पुरख्र्यौली परम्परा र निरन्तरतामाथिको गम्भिर प्रहार हो । क्रमभंगता हो । तामाङ संस्कृतिलाई अपाङ्ग बनाउने दुर्नियत हो । यसकै उपज, आज मुलुकको शक्ति जातिको संस्कृति स्वतः ग्रहण गरिँदैछ । उसै त साँस्कृतिक साम्राज्यवादलाई आक्रमक शैलिमा शक्ति जाति स्थापित गराउन चाहान्छ । र चाहँदैछ पनि । शक्तिहिन जातिमाथि साँस्कृतिक अधिनायकत्व जमाउँदै शासकिय आधार तय गर्नु नै ती जातिले जपना गरेको मूल मन्त्र हो । धेरै हदसम्म सफल पनि छन् । यसरी एकातिर तामाङ समुदाय आन्तरिक साँस्कृतिक साम्राज्यवादको दलदलमा फसेको छ भने अर्कातिर अझ भयानक बाह्य साँस्कृतिक साम्राज्यवादीको निशानामा छ । यसले गर्दा तामाङ जातिको वैवाहिक संस्कृतिको असलीपना गुम्दैछ । यसो भनिरहँदा कतिपयले आधुनिकता र सभ्यताको सवाल उठाएका छन् । जमाना कहाँ पुग्यो ? अव त्याग्नु पर्छ भन्न थालेका छन् । यद्यपी, यस्तो लाग्छ कि,संस्कृतिमा परिस्कृत आवश्यक छ । विकृत पक्षहरुलाई परिस्कृत गर्नु पर्छ । परिस्कृत गर्ने सवालमा आधुनिकताको खोजी हुन्छ । तर आधुनिकताको खोजी गर्नु भनेको पश्चिमीकरण हुनु होइन । सभ्य हुनु भनेको पश्चिमी संस्कृतिप्रेमी हुनु होइन । नभएपनि आम बुझाई यस्तै छ । बुझाइ भएपछि अनुसरण गरिन्छ नै । गरिएको पनि छ । तसर्थ आज तामाङको वैवाहिक संस्कृति ठिमाहा भएको छ । न हो नै भन्न सकिन्छ, न त होइन भन्नै । पात झरेको रुखको पहिचान तामाङ संस्कृतिसँग मेल खान्छ । झट्ट हेर्दा मरेको कि बाँचेको छुट्याउन नसकिने । यस्तो अवस्थामा कसरी पुगियो ? कसले पु¥यायो ? गम्भिरताको सवाल हो ।

          हुनतःअर्कातिर धेरै पश्चिमी मुलुकहरुमा एकै जोडी बुवाआमाबाट जन्मिएका छोराछोरीवीच नै विहे पनि हुन्छ । भोली सभ्यता र आधुनिकताको नाममा यो संस्कृति भित्रिन बेर छैन । आफ्नो पुर्खाको ऐतिहासिक विरासतलाई असभ्य ठान्नेहरुबाटै यो सम्भव हुन सक्छ । जसले आफ्नै संस्कृतिलाई असभ्य देखे । यसलाई अशिक्षित तर भाषा,संस्कृति,कला,धर्म र रहनसहन जस्ता जातिय पहिचानप्रति प्रतिवद्ध र दुरदर्शी तिनै महान् पुर्खाप्रतिको अपमान शिवाय अरु होइन भन्न सकिन्छ । अन्तमा,हामीलाई थाहा छ कि,मुलुकमा अनेक जाति छन् । अनेक जातिको संस्कृति एक हुनु पर्छ भन्ने छैन । हुनुहुँदैन पनि । अनेकतामा विविधता मुलुकको सौन्दर्यता हो । साँस्कृतिक इन्द्रेणीता चिरकालसम्म हुनुपर्छ । जो रहरलाग्दो पनि देखिन्छ । फेरी इन्द्रेणिता एउटा रङ्गले सम्भव छैन । रङ्गीविरङगी संस्कृति आवश्यक छ । यसले गर्दा आम तामाङ समुदायको फुफु–चेलावीच हुने विवाहलाई लोप गराउने भन्दा पनि निरन्तरता दिएर एउटा संस्कृतिलाई बचाउन जुरुर छ । बचाउने अभियानमा लाग्नु समयको माग पनि हो ।

शव्दार्थ ः

पोङ–माटोको रक्सी र जाँड लगाउने भाँडो
स्याल्गार–कोशेली

 

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक