राजनीति छाडेर कृषिमा,वार्षिक साढे १५ लाख कमाई

Monday, January 30th, 2017 at 7:17 pm News Headlines, विशेष, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

tamator
इन्द्र आङदेम्बेले टनेलमा लगाएको अलराउण्डर जातको टमाटर । तस्विर/जङ्ग तामाङ

जङ्ग तामाङ
माघ १७,२०७३
शिक्षित युवाले हलो भन्दापनि कलम समात्ने पेशा अंगाल्नु पर्ने अधिकाँशको बुझाई छ । यसो हुनुमा समाजमा हलो समात्नुलाई असभ्य र कलम समात्नुलाई सभ्य मानिनु नै हो । यद्यपी फिदिम नगरपालिका–९ सिवाका इन्द्रकुमार आङदेम्बे दैनिक हलो समात्छन् । औपचारिक शिक्षा स्नातक तह सकेर एक दशकको राजनीतिक अनुभवपछि तीन वर्षदेखि व्यवसायिक कृषिमा छन् । कृषि प्रधान मुलुकमा कृषिलाई अपमानित भन्दा पनि सम्मानित पेशाको रुपमा विकास गर्न आफू लागेको बताउँछन् । उनको २५ रोपनी जग्गामा लसुन, ५ रोपनीमा टमाटर,३ रोपनीमा फूलकोपी र बन्दाकोपी, १ रोपनीमा भण्टा,२ रोपनीमा अकबरे र ५ रोपनी जग्गामा आलु छ । उन्नत जातका गाई र भैँसी पनि छन् । यसरी ४१ रोपनी जग्गामा तरकारी खेतीसँगै पशुपालनमा पनि अग्रणी कृषक आङदेम्बे सिवाकै अगुवा कृषक हुन् । वार्षिक १५ लाख रुपैयाँ भन्दा बढि आम्दानी गर्दै आएका छन् । छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउदै घर व्यवहार चलाएर पनि वार्षिक ९ लाख रुपैयाँसम्म बचत गर्न सकिएको उनले बताए ।

          नेपाली कँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सँघको जिल्ला स्तरमा लामो समय राजनीति गरेका उनी युवाहरु राजनीतिमा भन्दा पनि कृषिमै जुट्नु पर्ने औँल्याउँछन् । कृषि नै आर्थिक समृद्धिको मूल आधार भएको उनको ठम्याई छ । उनका अनुसार आर्थिक समृद्धी विना राजनीति सम्भव हुँदैन । ‘राजनीतिमा विचार दिइन्छ, कृषिमा कर्म गरिन्छ’उनले भने, ‘विचार र कर्म नै आर्थिक समृद्धिको आधार हो,आर्थिक समृद्धि भएपछि मात्रै राजनीति गर्ने हो ।’ उनी हरेक दिन तरकारीकै स्याहारमा जुट्छन् । कृषिमा आत्मासम्मानसँगै बगाइएको पसिनाको उचित मूल्य छ भन्दै गाउँका तन्नेरीहरुलाई विदेश नजान आग्रह पनि गर्छन् । कृषि क्षेत्रमा पसिना बगाउन प्रेरित गर्छन् । सुझाव अनुसार नै अहिले गाउँका केही युवाले उनले जस्तै तरकारी खेती थालेका छन् । ‘तरकारी उत्पादनमा युवाहरुले सक्रियता देखाउँदैछन् । खुसी छु ।’ आङ्देम्बेले थपे, ‘अवको २ वर्षमा सिवाको प्रत्येक घरबाट न्यूनतम बार्षिक १० लाखको तरकारी उत्पादन गराउने सोचमा छु ।’

           उसो त सिवालाई तरकारीको पकेट क्षेत्र बनाउन सकिने सम्भावना छ । जताततै सिचाईको सुविधा छ । बाह्रै मास तरकारी उत्पादनको दृष्टिले हावापानी अनुकुल छ । उत्पादित तरकारी बजारको अभावमा कुहिएर जाने सम्भावना छैन । नजिकै नवमीडाँडा,लुम्फाबुङ र पात्लेभञ्ज्याङ लगायतका स्थानीय बजारहरु छन् । सडकको पहुँज पुगेकोले सदरमुकाम फिदिममा पनि निर्यात गर्न सक्ने अवस्था छ । तर युवालाई लक्षित गरेर कृषिमा व्यवसायिकताका लागि समयानुकुल कार्यक्रम सञ्चालन गर्न जिल्ला कृषि विकास कार्यालय पाँचथरले नसकेको कृषक आङदेम्बेको गुनासो छ । यसले गर्दा नै युवाहरु विदेश पलायन हुने गरेको भन्दै पलायन हुने क्रमलाई रोकावट गर्न युवा लक्षित कृषि कार्यक्रमहरु ल्याउन आवश्यक भएकोमा जोड दिए । यससँगै बजारीकरणको व्यवस्था,सहुलितय कृषि कर्जा र कृषि विमाको व्यवस्था हुनु पर्ने औँल्याएका छन् ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक