पाँचथरमा नयाँ दल थपियो

Monday, January 30th, 2017 at 7:08 pm News Headlines, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

janasamajbadi
सुजना मगर
माघ १७,२०७३
पाँचथरमा नयाँ राजनीतिक दल थपिएको छ । थपिएको दलमा नेपाल कम्युनिष्ट पार्टी जनसमाजवादी रहेको छ । जिल्ला निर्वाचन कार्यालयमा सो दलले आफ्नो पदाधिकारी सहित जिल्ला स्थित कार्यालय रहेको ठेगाना र फोन नम्बर पनि उपलव्ध गराएको छ । जनसमाजवादी पार्टीको अध्यक्षमा भोजराज माखिम र अन्य पदाधिकारीहरुमा सन्तवहादुर बेघा,रविलाल खजुम,युगमायाँ खजुम,मोहनकुमार चेम्जोङ र सन्दिप थाम्सुहाङ हुनुहुन्छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विनोदकुमार चौहानले जनसमाजवादीसँगै कार्यालयमा १४ वटा राजनीतिक दलहरुले दल दर्ता गराएको जानकारी दिनुभयो ।

पुष २४ देखि माघ १७ सम्म जिल्ला स्थित सक्रिय राजनीतिक दलहरुलाई दल दर्ता गराउन निर्वाचन कार्यालयले आह्वान गरेको थियो । कार्यालयमा दर्ता गरिएका अन्य दलहरुमा नेपाली कँग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राप्रपा,नेकपा माले,राष्ट्रिय जनमुक्ति पार्टी,जनअधिकार फोरम लोकतान्त्रिक नेपाल,नयाँ शक्ति पार्टी नेपाल,सँघीय समाजवादी फोरम नेपाल,जन प्रजातान्त्रिक पाटीै नेपाल,सँघीय लिम्वुवान मञ्च नेपाल,युनाइटेड ग्रिन अर्जनाइजेसन नेपाल र पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी रहेका छन् ।

जिल्ला स्थित संघीय लिम्वुवान पार्टी नेपाल,मंगोल नेश्नल अर्गनाईजेन,संघीय गणतान्त्रिक समाजवादी पार्टी र नेपाल परिवार दलले भने निर्वाचन कार्यालयमा दल दर्ता गराएका छैनन । निर्वाचन आयोगले आयोगमा दर्ता भएका दलहरुलाई मात्रै निर्वाचन कार्यालयमा दल दर्ता गराउन आग्रह गरेको थियो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक