क्यान्सर पीडितको उपचारर्थ मलेसियाबाट डेढ लाख बढि सहयोग

Monday, January 30th, 2017 at 6:33 pm विशेष, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

sahayog bitaran

अनिल आङदेम्बे
माघ १७,२०७३
आर्थिक अभावले उपचारमा समस्या भएकी रक्त क्यान्सर पीडित सोना योङयाको उपचारका लागि मलेसियामा मजदुरी गर्दै आएका पाँचथरको ओयामेली युवाहरुले आर्थिक सहयोग गरेका छन् । रोजगारीको क्रममा मलेसियामा रहेका ३६ जना ओयामेली युवाहरुले १ लाख ५१ हजार ८ सय ५३ रुपैयाँ सहयोग गरेका हुन् । सो रकम रक्त क्यान्सर पीडित योङयाको काका महेन्द्र योङयालाई समथिङ फाउण्डेसन नेपाल पाँचथरले आज हस्तान्तरण गरेको हो । फाउण्डेसनलाई युवाहरुले सहयोग रकम वितरण गर्न भनेको थियो । सहयोग प्राप्तपछि क्यान्सर पीडित योङयाकी काका महेन्द्रले सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

       उहाँले चितवनको भरतपुर क्यान्सर अस्पतालमा विरामीको उपचार भइरहेको र अहिले स्थिती सामान्य रहेको समेत जानकारी दिनुभयो । विरामीलाई अव तेश्रो पटकको किमो दिन बाँकी छ । पाँचथरको ओयाम ४ की उनी सदरमुकाम फिदिम स्थित कञ्चनजँघा एकाडेमीमा कक्षा ११ मा अध्ययन्रत छिन् । उनको उपचारमा लाखौँ रुपैयाँ खर्च भएपछि योङया परिवारले सहयोगदाताहरुबाट सहयोगको अपेक्षा गरेको थियो । कार्यक्रममा समथिङ फाउण्डेसन नेपालका अध्यक्ष मंगल बेघाले हङकङ र जापानबाट पनि मकर योङयाको पहलमा आर्थिक सहयोग आउने क्रममा रहेको बताउनुभयो । फाउण्डेसनका संरक्षक गुरुङ रामप्रकाश समथिङले सहयोग गर्ने प्रवासी नेपालीहरुप्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक