सहकारीहरु वैँकको रुपमा विकसित हुँदैछन् –अध्यक्ष पोख्रेल

Tuesday, December 13th, 2016 at 3:23 pm News Headlines, विशेष, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

Rames pokhrel रामचन्द्र तामाङ
पाँचथर÷२८,मंसिर
राष्ट्रिय सहकारी वैँकका अध्यक्ष रमेशप्रसाद पोख्रेलले सहकारीहरु वैँकको रुपमा विकसित हुँदै गएको बताउनु भएको छ । दुर्गम क्षेत्रमा वित्तिय निकायबाट सेवा प्रवाह हुन नसकेको अवस्थामा सहकारीहरु सेवा प्रवाह गर्दै वैँककै रुपमा विकसित हुँदै गएको बताउनुभयो । पाँचथरको फिदिममा जिल्ला सहकारी सँघको १३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पोख्रेलले सहकारीले अर्बौँको कारोवार गर्न थालेको र सर्वसाधारणलाई सर्वसुलभ कर्जा प्रवाह गर्ने वित्तिय संस्था भएको दावी गर्नुभयो । उहाँले सहकारी संघसंस्थाहरुलाई अझ व्यवस्थित गर्न व्यवस्थापिका संसदमा सहकारी ऐन सम्वन्धि विद्येयक संशोधन सहित दर्ता भएको र पारित भएपछि सहकारी आन्दोलनले थप उचाई लिने पनि बताउनुभयो । मुलुकभरमा ५५ लाख मानिस सहकारी आन्दोलनमा छन् । ५ खर्व पुँजी सहकारीहरुले परिचालन गरिरहेका छन् । यससँगै मुलुकको आर्थिक र सामाजिक रुपान्तरणमा पनि सहयोग पु¥याएको छ । अव सहकारीहरुलाई उद्योग,कलकारखाना र पर्यटन क्षेत्रमा लगानी गर्न पनि प्रोत्साहित तुल्याइने अध्यक्ष पोख्रेलले बताउनुभयो । यसैवीच पाँचथरमा केही महिनामै राष्ट्रिय सहकारी वैँकको शाखा कार्यालय स्थापना गरिने जानकारी दिनु भएको छ । वैँक स्थापना गर्नु पूर्व गरिएको सम्भाव्यता अध्यय्न अनुसार पाँचथरका सहकारीहरुमा १० करोड कर्जा प्रवाह गर्न सकिने र लघु कर्जाको सम्भावना बढि देखिएको थियो । सभामा बोल्दै राष्ट्रिय सहकारी वैँक इलामका शाखा प्रवन्धक उपेन्द्र दाहालले अहिले इलाम शाखाबाट पाँँचथरका ६ वटा सहकारी सँघस्थाबाट ५० लाख रुपैयाँको कारोवार भइरहेको जानकारी दिँदै फिदिममा शाखा स्थापनापछि सदस्य सहकारीहरुले वैँकबाटै कारोवार गर्नु पर्ने बताउनुभयो । जिल्ला सहकारी सँघका अध्यक्ष इन्द्रनारायण ढकालले वैँकले विना धितो सुलभ कर्जा प्रवाह गर्नु पर्नेमा जोड दिनुभयो । sahakariवचत तथा ऋण सहकारी सँघका अध्यक्ष नरेन्द्रकुमार राईले वैँकले आफ्नो निर्देशिका परिमार्जन गर्नु पर्ने उल्लेख गर्नु भएको छ । चिया सहकारी सँघका अध्यक्ष नन्दकुमार आङथुपो र सहकारी सँघकै जिल्ला उपाध्यक्ष देउमान खत्रीले भने विना धितो कर्जा प्रवाह गरेर सहकारी सस्थाहरुलाई वित्तिय सुलभता प्रदान गर्नु पर्ने बताउनुभयो । सभामा अध्यक्ष ढकालले संँघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । प्रतिवेदनमा १ सय ३९ वटा सहकारी सँघमा आवद्ध भएको उल्लेख छ । यससँगै प्रतिवेदनमा सँघले गरेका गतिविधि र आगामी दिनमा गर्नु पर्ने गतिविधी समावेश गरिएको छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक