किरात लिम्वू समुदाय चासोक तङनाम मनाउँदै

Tuesday, December 13th, 2016 at 12:41 pm विशेष, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.


66

जङ्ग तामाङ
पाँचथर÷२८,मंसिर
किराँत लिम्वू समुदाय चासोक तङ्नाम पर्व मनाउँदैछन् । पर्वको दोश्रो दिन आज वर्षको नयाँ वाली इष्टदेवी तागेरा निङवाफुमाङलाई चढाइएको छ । फेदाङमाद्धारा विहानै धान,कोदो लगायतका वाली इष्टदेवीलाई चढाइएको हो । यसरी वाली चढाएपछि उपभोग गर्दा अनिष्ठ नहुने जनविश्वास छ । किराँती मुन्धुममा इष्टदेवीको अर्को रुप सिबेरा याक्थुङमाले मानव जगतको लागि अन्नको वीउ प्रदान गरेको र प्राकृतिक कृषि औजारको प्रयोग गरी खोरिया फाँडेर खेतीपाती गर्दै कृषि उपजको उत्पादन थालेको उल्लेख छ । मुन्धम अनुसार सिबेरालाई कृषि युगको प्रारम्भकर्ताको रुपमा लिइन्छ । उनकै सम्मान र सम्झनामा चासोक तङनाम मनाइने गरिएको किराँत लिम्वू भाषा संस्कृतिका अध्ययेता हरीचन्द्र लावतीले बताउनुभयो । आजै इष्टदेवीबाट बल,बुद्धि,विकेक र आयू माग्ने पनि गरिन्छ । यससँगै शारिरीक र मानसिक स्फुर्ती हुने खालका प्रतियोगिताहरु पनि गर्ने चलन छ भने सामूहिक भोज खाने गरिन्छ । यसअघि हिजो भने सार्वजनिक स्थलमा सरसफाई गरेपछि घर घरमा तीन वटा द्धिप बालेर तङ्नामलाई स्वागत गरिएको थियो । अव भोली भने प्रतियोगिताका विजेताहरुलाई पुरस्कार दिँदै समापन गरिन्छ । किरात बंशमध्येका लिम्वू समुदायले चासोक मनाईरहदा राई समुदायले साकेला,याख्खा समुदायले चासुवा र सुनुवार समुदायले फोलसादर पर्व मनाउँदैछन् ।s

2288

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक