चासोकको तयारी गर्दै लिम्वू समुदाय

Sunday, December 11th, 2016 at 7:30 pm News Headlines, विशेष, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

ra
तस्विर –गुगलबाट

पुरण राई
पाँचथर÷२६,मंसिर
लिम्वू समुदायको वाहुल्यता रहेको पाँचथर चासोकमय भएको छ । जिल्लाको गाउँदेखि सहरसम्मै चासोक तङनामको तयारी भईरहेको छ । चासोकमा खेतबारीमा छरेको, रोपेको अन्न बाली पाकेपछि कुल इष्टदेव तागेरा निङ्वाफुमाङलाई पहिले अर्पण गरेपछि मात्र आफूले खाँदै खुशीयाली मनाउने गरिन्छ । लिम्वू संस्कृतिका जानकारहरुका अनुसार इष्टदेवलाई पाकेको चोखो अन्न बाली चढाएमा अनिष्ठ नहुने जनविश्वास छ । चासोकमा आ–आफ्नो घरमा मिठोमसिनो खाने, छोरी–चेली माइतमा आउँदा चेसुङ लिएर आउने, एकापसमा शुभकामना आदान–प्रदान गर्ने, छरछिमेकमा हुक्वा साटासाट गर्ने प्रचलन रहेको छ । फेदाङमाद्धारा इष्टदेवसँग बल, बुद्धि, सुस्वास्थ्य र दीर्घायुको वरदान पनि माग्ने गरिन्छ । यससँगै सम्पूर्ण मानव जातिको जीवन रक्षाका लागि रातभर एकराते मुन्धुम प्रवचन–पूजा र च्याबरुङ नाचेर रमाइलो पनि गर्ने गरिन्छ । परापूर्वकालदेखि नै मनाउँदै आएको चासोक तङ्नामलाई लिम्वू समुदायले मौलिक पर्वको रुपमा लिने गरेका छन् ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक