विषादीको प्रयोगले पाँचथरमा मौरी पालन व्यवसाय सङ्कटमा

Sunday, December 11th, 2016 at 11:29 am News Headlines, विशेष

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

images
तस्विर –थाइनेपाल न्यूज डटकमबाट ।

जङ्ग तामाङ
पाँचथर÷२६,मंसिर
पाँचथरमा मौरीपालन व्यवसाय सङ्कटमा परेको छ । मौरी धमाधम मर्न थालेपछि व्यवसाय सङ्कटमा परेको हो । मौरी मर्न थाल्दा घारहरु पनि रित्तिदै गएका छन् भने किसानहरु चिन्तित भएका छन् । अमरपुर–१ का इन्द्रनारायण ढकालले ६० वटा घारमा पालेकोमा अहिले १० वटा घारमा मात्रै मौरी छ । ५० वटा घार खाली भएको छ । मौरी धमाधम मर्न थालेपछि व्यवसायिक रुपमा मौरी पालनमा लाग्नु भएका ढकाल निराश हुनु भएको छ । प्रतिगोटा ३ हजार रुपैयाँका दरले ६० वटा घार १ लाख ८० हजार रुपैयाँमा खरिद गरेर व्यवसाय गर्नु भएका ढकालको लगानी पनि उठेको छैन । २०६८ सालमा घरेलु तथा साना उद्योग विकास समितिमा इन्द्रदेव मौरी पालन उद्योग गर्दा गरी व्यवसायिक रुपमा पाल्नु भएपनि मौरी मरेर ५० वटा घार रित्तिएपछि हतोत्साहित हुनु भएको छ । उहाँले गोलभेँडामा विषादीको मात्रा अत्यधिक हुँदा मौरी मरेको बताउनुभयो । अमरपुर–१ कै अर्का मौरी पालक कृषक केशव ढकालको पनि ३ वटा घारको मौरी मरेको छ । रानिगाउँ–८ का दलवहादुर सम्हाम्फेको पनि दुई वटा घार रित्तिएको छ ।

            मौरी मर्नुमा तरकारी वाली र तोरीमा अत्यधिक विषादीको प्रयोग नै कारक भएको प्राविधिकहरु बताउँछन् । जिल्ला कृषि विकास कार्यालयका वालि संरक्षण अधिकृत सागर विष्टले तरकारी वाली र तोरीमा प्रयोग गरिने इन्डोफिल र म्याङकोजेव मौरीका लागि बढि हानिकारक विषादी भएको बताउनुभयो । यस्ता विषादीले मौरी मर्ने गरेको र विषादी विष भएकाले औषधीको रुपमा प्रयोग नगर्न विष्टको सुझाव छ । पाँचथरको अमरपुर,नाँगी लगायतका गा.वि.स.मा गोडभेँडा र तोरीमा अत्यधिक रुपमा विषादीको प्रयोग गर्ने गरिएको छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक