जनगुनासो सम्बोधन गर्न सर्वदलिय वैठक भोली

Thursday, November 17th, 2016 at 7:59 pm News Headlines, बिजनेस

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

aaee
लक्ष्मी लिम्वू
पाँचथर÷२,मंसिर
स्थानीय तह पुनर्सरचना प्राविधिक सहयोग समिति पाँचथरले यसअघि आयोगलाई बुझाएको स्थानीय तहको खाकाप्रति जनगुनासो आएपछि सम्बोधन गराउन राजनीतिक दलहरुलाई बैठकमा बोलाएको छ । भोली बस्ने वैठकमा जिल्लाको प्रस्तावित विभिन्न तहका सरोकारवालाहरुबाट आएका गुनासाहरुलाई सम्बोधन गरिने समितिले जनाएको छ । नेकपा एमालेका अध्यक्ष राजकुमार भण्डारीले जाहेज गुनासा तथा राय,सुझावलाई मात्रै मनन् गरेर तहको खाका तयार गरिने बताउनुभयो । अनाश्वयक मागहरु भने सम्बोधन नहुने उहाँको भनाई छ । फोरम लोकतान्त्रिकका नेता नरेन्द्र दुलालले जनगुनासोलाई सम्बोधन गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले स्थानीय तहको खाका विवादरहित  बनाउने अधिकतम प्रयास गर्नु पर्नेमा जोड दिनुभयो । पाँचथरमा स्थानीय तहको खाकाप्रति असन्तुष्टी छ ।

    कतै केन्द्र अपायक परेको त कतै तहमा नबस्ने भन्दै सरोकारवालाहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । पाँचथरबाट ८ तहको दुई वटा भिन्न भिन्नै खाका गत कार्तिक २० गते आयोगमा स्थानीय तह पुनर्सरचना प्राविधिक सहयोग समितिले बुझाएको थियो । तर खाकाप्रति गुनासो आएपछि गुनासोलाई सम्बोधन गराउन भन्दै आयोगले समितिलाई हिजो यसअघि बुझाइएको खाका फिर्ता पठाएको थियो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर