कृषि विकास वैँकको विकल्पमा सहकारी विकास वैँक !

Wednesday, October 26th, 2016 at 9:02 pm News Headlines, बिजनेस

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

IMG_20161026_113835
राष्ट्रिय सहकारी विकास वैँकका व्यवसायीक प्रवद्र्धन विभागका प्रमुख उद्धव चौलागाई मन्तव्य व्यक्त गर्दै

लक्षिमा तामाङ
पाँचथर÷१०,कार्तिक
किसानलाई सहुलियतमा कर्जा दिन स्थापित कृषि विकास वैँक पाँचथरले पहुँजवाला व्यवसायीलाई मात्रै कर्जा दिन थालेपछि विकल्पको रुपमा राष्ट्रिय सहकारी विकास वैँकलाई स्थापना गर्न लागिएको छ । वैँक स्थापनाका लागि सम्भाव्यता अध्यय्न पनि आज गरिएको छ । वैँकको व्यवसायीक प्रवद्र्धन विभागका प्रमुख उद्धव चौलागाई,अनुसन्धान प्रमुख जनक त्रिपाठी र इलाम शाखा प्रमुख उपेन्द्र दाहाल सम्मिलित टोलीले राष्ट्रिय सहकारी विकास वैँक स्थापना गर्नका लागि सम्भाव्यता अध्यय्न गर्नु भएको हो । पाँचथर सहित छिमेकी जिल्ला ताप्लेजुङ र तेह्रथुमको आठ्राई क्षेत्रमा स्थापित सहकारी संस्थाहरुलाई सदस्य संस्था मान्दा वैँक स्थापना गर्न सकिने अध्यय्न टोलीले जनाएको छ ।

IMG_20161026_113125
वैँकको शाखा स्थापनाका लागि छलफलमा सहभागीहरु

तर टोलीका संयोजक तथा वैँकको व्यवसायीक प्रवद्र्धन विभागका प्रमुख चौलागाईले भने वैँकको शाखा स्थापना गरिँदा ५ करोड रुपैयाँ ऋण लगानी र ६ करोड रुपैयाँ वचत हुनु पर्ने बताउनुभयो । उहाँका अनुसार वैँकको सदस्य सहकारी संख्या कम्तीमा एक सय हुनु पर्छ । जिल्ला सहकारी सँघका अध्यक्ष इन्द्रनारायण ढकालले कृषि विकास वैँकले किसानलाई कर्जा प्रवाह गर्न हिच्किचाहेपछि सहकारी संस्था मार्फत किसानलाई सहुलियतमा कर्जा प्रवाह गरेर किसानलाई प्रोत्साहित तुल्याउन खोजिएको बताउनुभयो । वचत तथा ऋण सहकारी संघका अध्यक्ष नरेन्द्रकुमार राईले वैँकको शाखा स्थापना गर्न गत साल देखि नै प्रक्रिया चालेको र अव पुरा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले १ सय वटा सहकारी वैँकको सदस्य हुनु पर्नेमा ७७ वटा भइसकेको र अव २३ वटा वाँकी रहेको जानकारी दिनुभयो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर