यमनको राजधानीमा हवाइ आक्रमणमा एकसय ४० को मृत्यु ।।

Sunday, October 9th, 2016 at 10:32 am प्रवास

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सिआइएन÷काठमाण्डौँ
२३,असोज
यमनको राजधानीमा हवाइ आक्रमण हुँदा कम्तीमा एकसय ४० जनाको मृत्यु भएको छ । हुथी विद्रोही नेतृत्वको सरकारका गृह मन्त्रीका बुवाको अन्तिम संस्कारका लागि जम्मा भएका मानिसको समूहमा आक्रमण भएको हो । आक्रमणमा परी पाँच सय जनाभन्दा बढी घाइते भएको संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले बताएका छन् । हुथी बिद्रोहीले चलाएको सरकारले साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले आक्रमण गरेको बताएको छ । यमनमा दुई समानान्तर सरकार छन् । हुथी बिद्रोही नेतृत्वका सरकारलाई अन्तर्राष्ट्रिय मान्यता दिइएको छैन । साउदी नेतृत्वको गठबन्धन सेनाले भने आफूले आक्रमण नगरेको बताएको छ । यमनमा सन् २०१४ देखि सुरु भएको संघर्षको क्रममा अहिलेसम्म हजारौं नागरिकको ज्यान गइसकेको छ । संयुक्त राष्ट्रसंघले आक्रमणको घटनाको निन्दा गर्दै छानबिन गर्नुपर्ने बताएको छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर