पाँचथरमा प्रस्तावित स्थानीय तहको केन्द्रप्रति असन्तुष्टी बढ्दो

Sunday, September 11th, 2016 at 7:49 pm समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सुम्हात्लुङ संवाददाता,२६÷भदौ
पाँचथरमा प्रस्तावित स्थानीय तहको केन्द्रप्रति असन्तुष्टी बढ्दो छ । केन्द्र अपायक परेको भन्दै २६ वटा ज्ञापन–पत्र र झण्डै सोही संख्यामा डेलिगेसनका लागि जिल्लाका गाउँ गाउँबाट सरोकारवालाहरु जिल्ला विकास समितिमा पुगेका छन् । स्थानीय तह पुनर्सरचना प्राविधिक सहयोग समितिले स्थानीय तहको प्रस्तावित खाका प्रस्तुत गरेको साउन २४ देखि खाकालाई गाउँपालिका,नगरपालिका तथा विशेष,संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा स्मिाना निर्धारण आयोगमा बुझाएपछि पनि गाउँ गाउँबाट केन्द्र अपायक परेको भन्दै ज्ञापन पत्र बुझाउने र धर्ना दिन सरोकारवालाहरु आउने गरेका छन् ।
आज पाँचथरको यासोक,रानिगाउँ,स्याबरुम्बा क्षेत्रबाट सयौँको संख्यामा आएको सरोकारवालाहरुले प्रस्तावित कुम्मायक तहको केन्द्र यासोक नै बनाउनु पर्ने माग गरेका छन् । आयोगलाई दोश्रो विकल्पको रुपमा बुझाएको ५ तहको प्रस्तावमा कुम्मायकको केन्द्र आङसराङ्को मेहेलबोटे तोकिएकोप्रति आपत्ती जनाएका थिए । यासोकलाई नै कुम्मायकको केन्द्र बनाउन दवाव दिन गठित संघर्ष समितिका संयोजक देवेन्द्रकुमार लावतीले मेहेलबोटेबासीले जग्गा दिने भन्दैमा मेहेलबोटे केन्द्र हुन नसक्ने बताउनु भयो । मालेका पोलिट्व्युरो सदस्य दिननाथ घिमिरेले अपायक हुने गरी केन्द्र तोकिनु नहुनेमा जोड दिनुभएको थियो ।
माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य अमरसिं थापाले पनि जिल्ला स्थित राजनीतिक दलका अध्यक्षहरुवीच पनि कुम्मायकको केन्द्र यासोक नै बनाउने विषयमा धारणा तय गर्न स्थानीय तह पुनर्सरचना प्राविधिक सहयोग समितिले छलफल ढाक्नु पर्ने बताउनुभएको थियो ।ज्ञापन पत्र र धर्ना दिन यासोक सहित रानिगाउँ र स्याबरुम्बाका राजनीतिक दल,नागरिक समाज ,बुद्धिजीवी तथा उद्योगी व्यवासयीहरु आएका थिए । यसैवीच स्थानीय तह पुनर्सरचना प्राविधिक सहयोग समितिले आयोगलार्य पहिलो विकल्पको रुपमा बुझाएको ७ तहको खाकामा भने कुम्मायकको केन्द्र यासोक नै उल्लेख छ । ७ तह राजनीतिक दलहरुको सहमतिमा निर्धारण गरिएको हो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक