पाँचथरको १० गा.वि.स.मा विद्युतीकरणका लागि ३५ करोड बजेट स्वीकृत

Sunday, September 11th, 2016 at 7:36 am समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सुम्हात्लुङ सवांददाता,भदौ–२६

पाँचथरको दश गा.वि.स.मा विद्युतीकरणका लागि ३५ करोड बजेट विनियोजन भएको छ । सामुदायिक ग्रामिण विद्युतीकरण विभागले फिदिम विद्युत उपभोक्ता सहकारी संस्था लिमिटेडले पेश गरेको प्रस्तावना अनुसार बजेट विनियोजन गरेको हो । संस्थाका सदस्य तथा पूर्व सांसद वसन्तकुमार नेम्बाङले विभागमा पेश गरेको प्रस्तावना अनुसारको बजेट स्वीकृत भएपछि अव जिल्लाको १० गा।वि।स। मा विधुतिकरण हुने भएको छ । रानिगाउँमा विद्युतीकरणका लागि ५ करोड १० लाख,यासोकमा ३ करोड ४७ लाख,नाङ्गिनमा ४ करोड ४८ लाख,रानिटारमा २ करोड ८५ लाख रुपैयाँ विभागले विनियोजन गरेको छ । यसअघि नै विभागले लिम्वामा विद्युतीकरणका लागि साढे ५ करोड,दुर्दिम्बामा पनि साढे ५ करोड,नांगिमा ५ करोड,लुङरुपामा २ करोड ३० लाख,स्याबरुम्बामा ५ करोड रुपैयाँ बजेट स्वीकृत गरिसकेको छ । पछिल्लो पटक बजेट स्वीकृत भएको रानिगाउँ,यासोक,नाङ्गिन र रानिटारवासीले बजेट स्वीकृत भएको ४५ दिन भित्रमा छुट्टै विद्युत सहकारी संस्था गठन गरेर विभागसँग सम्झौता गर्नु पर्नेछ । बजेट विहिबार स्वीकृत भएको नेम्बाङले बताउनुभयो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक