तामाङ प्रथम राष्ट्र र तामाङसालिङ बहुलराष्ट्रिय राज्य निर्माणको सवाल

Wednesday, August 24th, 2016 at 10:32 am विशेष, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

12803019_1576443922674771_6309491418481851273_n

सिङ्ग मोक्तान तामाङ

तामाङ जाति नेपालको आदिवासी समुदायमध्ये एक जाति वा राष्ट्र हो। तामाङ जातिको बाहुल्य क्षेत्रहरूमा बिशेषगरि हालका जिल्लाहरू काभ्रेपलाञ्चोक, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा,धादिङ,नुवाकोट, सिन्धुली, दोलखा, चितवन,रामेछाप गरि १०जिल्लाहरु हो। तामाङ प्रथम राष्ट्रको आफ्नै भाषा,धर्म,सँस्क ृति छन भन्ने कुरा सबैलाई अवगत भईसकेको कुरा हो भने अर्को महत्वपूर्ण पक्ष भनेको तामाङ प्रथम राष्ट्रको आफ्नै राजनीतिक सत्ता पनि थियो।सत्ता भएपछि यससँगैं जोडिएर आउने सत्ता सञ्चालन बिधि,नेतृत्व चयन प्रणाली ,आत्मसुरक्षा प्रणाली ,न्याय प्रणाली, अर्थप्रणाली पनि थियो।जसको बैधता पृथ्वीनारायण शाहको कथित राष्ट्रीय एकिकरणको नाममा खोशिएको थियो ।आफ्नो एम थेसिस ूडोकोलोनाईजिङ द माईण्डूमा राबर्ट मार्सल लेख्छन ूबिश्वको आधुनिक राज्यहरू विश्वको आदिवासी समुदायमाथि बिभिन्न छालछाम वा षडयन्त्र गरि निर्माण गरिएको हुदाँ ती आधुनिक राज्यहरू अवैधानिक छ।ूमार्सलको माथिको भनाईबाट हामीले के कुरा प्रष्ट थाहा पाउँछौ भने पृथ्वीनारायण शाहको कथित राष्ट्रीय एकिकरण पनि यहाँका रैथाने आदिवासी समुदायमाथि बिभिन्न षडयन्त्र गरी गरिएको हुदाँ त्यो कथित राष्ट्रीय एकिकरण पनि अवैधानिक छ। त्यसैले आदिवासी सत्ता नै वैधानिक सत्ता हो। ल्याटिन अमेरिकी मुलुकहरूमा त आदिवासी सत्ता पुनर्स्थापनाको सवालमा त छलाङ नै आईसकेको छ। अझ बोलिभियामा त यसैको जगमा बहुलराष्ट्रिय राज्य बोलिभिया निर्माण भईसकेको छ। हर्बाड युनिभर्सिटीका प्रोफेसर स्यामुयल पि।

हन्टिङटन आफ्नो प्रख्यात पुस्तक ूद क्ल्यास अफ सिभिलाईजेसन रेमेकिङ वल्र्ड अर्डरूमा लेख्छन बिश्व राजनीति सभ्यताहरूबीचको हुनेछ भने स्थानीय राजनीति जातिय राजनीति हुनेछ।ूयसको बैज्ञानिकता सम्बन्धमा हन्टिङटन लेख्छनूमान्छेलाई जत्ति नै अधुनिकताले छोएपनि उसले एक न एक दिन आफू को हो वा हामी को हौरुभन्ने कुरा खोज्छ खोज्छ।ूहन्टिङटन थप लेख्छनूजब मान्छेले हामी को हौ भन्ने कुरा पत्ता लगाउँछ हामी को होईनौ भन्ने कुरा पनि पत्ता पाउँछ त्यसपछि मान्छेले हामी कसको बिरूद्दमा छौ भन्ने कुरा पत्ता लगाउँछ। जत्ति नै पश्चिमीकरणलाई अगाँले पनि अन्ततस्वाक्कदिक्का भएर उसकै अर्थात् पश्चिमीकरणकै बिरूद्दमा संघर्ष गर्न थाल्दछ। हन्टिङटनको यस भनाई तामाङ प्रथम राष्ट्रमाथि पनि मेल खान जान्छ। हिजो आफूलाई तामाङ हुँ भन्न समेत लजाउने तामाङहरू वा आफ्नो जात नै लुकाउन पुगेका तामाङहरू अचेल आफूलाई तामाङ भन्न रूचाउँछन यसैमा गर्व गर्न रूचाउनेसम्म भईसकेको छ। यसो हुनुको मुख्य कारण हन्टिङटनले भनेझैं तामाङ समुदायले हामी को हौं भन्ने कुरा खोज्दै जानुले हो त्यत्ति मात्र नभएर तामाङ प्रथम राष्ट्रले हामी को होईनौ भन्ने कुरा पनि पत्ता लगाउँदैछ भने दुस्खका साथ हामी कसको बिरूद्दमा छौ भन्ने कुरा पनि पत्ता लगाईसकेको छ।

नेपालको सवालमा त अझ कथित राष्ट्रीय एकिकरणको नाममा हिन्दुकरण लादिएको थियो।त्यसको बिरूद्दमा पनि आवाज उठाईरहको देखिन्छ। त्यसको अर्थ हिन्दुहरूलाई यो देशबाट लखट्ने कुरा होईन बरू हिन्दुहरूले तामाङ राष्ट्रमाथि लादिएको उपनिवेशिकरणबाट मुक्त हुने भनिएको हो।अब चोहोहरू,गान्बा, ताम्बा,लामा,बोन्बो,लाप्थबाहरूक. खोजी हुन थालेको छ। यो काम नेपाल तामाङ घेदुङ लगायतका सँस्थाहरूले गर्दे आएको देखिन्छ तर तिनीहरूमा पनि एउटा भ्रम के देखिन्छ भने चोहो,गान्बा,लाम ा,बोन्बो,ताम्बा,लाप्थबाहरू भनेको सामाजिक तथा सँस्कृतिक अङ्गहरू मात्र हो तर वास्तवमा चोहो,लामा,बोन्ब ो,ताम्बा ,लाप्थबा,गान्बाहरू हाम्रो राजनीतिक सत्ता हो। तथाकथित अधुनिक शिक्षाले हामीलाई यस्तो बनाईसकेको छ कि चोहो भनेको मक्किसकेको बुढो हो,अशिक्षित,असक्षम बुढो हो यस्तै यस्तै। नेपालको सवालमा वा हाम्रो सवालमा खाशमा नेपाल तामाङ घेदुङहरू नै राजनीतिक सत्ता हो न त यो कुरा राज्यले नै स्विकार गर्न सक्यो नत घेदुङवालाले नै बुझ्न सक्यो।एमएको लागि रोबर्ट मार्सलको थेसिस डिकोलोनाईजिङ द माईन्डको मुख्य सार नै उपनिवेशबाट मुक्त हुन जरूरी छ भन्ने नै हो।

बिदेशबाट आयतित सिद्दान्त तथा दर्शनलाई अगाँल्नु भनेको नै औपनिवेशिकताबाट मुक्त नहुनु हो भन्छन राबर्ट मार्सल।उनकै थेसिसलाई आधार मान्ने हो भने तामाङ प्रथम राष्ट्रको मुक्ति गर्छु भनेर हिड्नेहरू आफैं औपनिवेशिकरणबाट मुक्त नभएको कुरा छर्लङग हुन्छ। नेपालको सवालमा भन्ने हो भने हिन्दु सँस्कारलाई नै मानेर तामाङ समुदायलाई मुक्ति गर्छु भन्नेहरू बजारमा छ्यापछ्याप्ति पाईन्छन। त्यस्तो कुरा गर्दा उनीहरू मानवअधिकारको सवाललाई जोड(जोडले उठाउने गर्छन। बास्तबमा उनीहरूले बुझेका छैनन कि मानवअधिकार भनेको के होरुके जे पाए त्यही गर्न पाउनु मानवअधिकार हो रुरुअझ कोही त धार्मिक सहिष्णुताको वकालत पनि गर्छन। बास्तवमा हामीले धर्मिक सहिष्णुतालाई भड्काएको हो तरुरुअवश्य होईन।हामीले त सबैले आ(आफ्नो सँस्कार,सँस्कृतिलाई अगाँल्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्छ भनेका हौं। यहीँ नै हो वास्तविक मानवअधिकारको सवाल। हाम्रा नेतृत्वहरू जत्ति नै औपनिवेशिकताबाट आफू मुक्त भएको महाशुस गरेको वा दाबी गरेको देखिएतापनि बास्तवमा तिनीहरू अझैसम्म पनि औपनिवेशिकताबाट मुक्त भईसकेको देखिँदैन। जबसम्म बिदेशबाट आयातित सिद्दान्त ,दर्शनलाई नै महान,बैज्ञानिक, बिकसित देखिने भ्रमबाट हाम्रा नेतृत्वहरू मुक्त हुन सक्दैनन तबसम्म तामाङ प्रथम राष्ट्र लगायत आदिवासी जनजातिको मुक्ति असम्भव छ।

अबको नेतृत्वले तामाङ प्रथम राष्ट्र भित्रको चोहो,लामा,ताम्बा,गान्बा,बोन्बो ,लाप्थबाहरूको सत्तालाई ब्युउँताउने कार्यमा अग्रसरता देखाउन जरूरी छ। काठमाण्डौको एक(दुई वटा हलहरूमा गोष्टी, सेमिनारहरू गरेर मात्रै तामाङ प्रथम राष्ट्रको मुक्ति हुन सक्दैन। त्यसैले यस्तो झारो टार्ने परम्परालाई तोड्न जरूरी छ। तामाङसालिङ बहुलराष्ट्रिय राज्य निर्माणको सवालस् तामाङसालिङ राज्य वा प्रदेश निर्माणको सवालसँग प्रत्यक्षरूपमा जोडिएर आउने महत्वपूर्ण सवाल भनेको त्यस प्रदेश वा राज्यभित्र अवस्थित बिभिन्न राष्ट्र वा जातिहरूलाई कसरी व्यवस्थापन गर्ने रुरुभन्ने सवाल हो। त्यस सवालमा हामीले बहुलराष्ट्रिय लोकतन्त्रसहितको बहुलराष्ट्रिय राज्यको अवधारणालाई अगाडि बढाउनु वञ्छानिय देखिन्छ।बहुलराष ्ट्रिय राज्यको अवधारणाले मात्र त्यस राज्य वा प्रदेशभित्र अवस्थित विभिन्न जाति वा राष्ट्रको सत्तालाई स्विकार गर्दछ। ती जाति वा राष्ट्रहरूको पनि आ( आफ्नै बिश्वदृष्टिकोण पाईन्छ।सत्ता सञ्चालन गर्ने बिधि ,नेतृत्व चयन प्रणाली, आत्म सुरक्षा प्रणाली,अर्थप्रणाली,न्यायप्रणालीहरू पाईन्छ।

ती सबैको अस्तित्वलाई बहुलराष्ट्रिय राज्यको अवधारणाले मात्र स्वीकार गर्दछ। बहुलराष्ट्रिय राज्यको अवधारणा बिनाको तामाङसालिङ राज्य निर्माण गर्नु भनेको कुनै न कुनै बाहनामा तामाङ एकल अधिनायकत्वसहितक तामाङसालिङ बनाउनु हो यो कुरा त्यस राज्यभित्र अवस्थित अन्य राष्ट्र वा जातिहरू स्विकार गर्न तयार देखिदैँनन। एउटा प्रष्ट के प्रष्ट बुझाई हामीभित्र हुन जरूरी छ भने हामीले अरूमाथि उपनिवेश लाद्ने काम गर्देनौ भने अरूले लादेको औपनिवेशिकता पनि स्विकार्देनौ ।त्यसैले तामाङसालिङ राज्य वा प्रदेश मात्र भनेर पुग्दैन,तामाङसा लिङ बहुलराष्ट्रिय राज्य भन्न जरूरी छ।जसले मात्र तामाङसालिङ बहुलराष्ट्रिय राज्यभित्र अवस्थित बिभिन्न जाति वा राष्ट्रहरूले अपनत्वको महाशुस गर्दछन। तामाङसालिङको नेत्तृत्व गर्छु भन्नेले ती सबै राष्ट्रहरूको सत्ता ,आत्मसुरक्षा प्रणाली ,अर्थ प्रणालीलाई उजागार गर्न जरूरी छ। अन्त्यमा,मैले यो लेख तामाङ प्रथम राष्ट्र र तामाङसालिङ बहुलराष्ट्रिय राज्य निर्माणको सवालमा मात्र लेखेको हुदाँ त्यसैसँग सम्बन्धित बिषयबस्तुहरू मात्र प्रस्तुत गरेको छु। यद्यपि नेपालमा रहेका सम्पूर्ण उत्पिडित जाति,वर्गहरूको एकिकृत योजनासहितको संघर्षबाट मात्र आदिवासी सत्ता प्राप्ति सम्भव छ। त्यसैले लिम्बुवान,खम्बुवान,तामाङसालिङ, नेवास्,मगरात,तमुवान,थारूहट ,मधेस,खशान बहुलराष्ट्रिय राज्य भित्रका सम्पूर्ण उत्पिडित जाति,वर्गहरू क्षेत्रीयताबादम ा नफसीकन एक भएर संघर्ष गर्न जरूरी छ। थुजेछे।।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक