पाँचथरको नवमीडाँडामा विभिन्न योजनामा भ्रष्टाचार हेर्नुस कहाँ कहाँ क कस्ले गरे भ्रष्टाचार

Tuesday, August 23rd, 2016 at 11:26 pm News Headlines, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सुम्हात्लुङ संवाददाता भदौ ७

पाँचथरको नवमीडाँडामा विभिन्न योजनामा अनियमितता भएको युवाहरुले आरोप लगाएका छन् । भ्रष्टाचार विरुद्ध युवा अभियान थालेका नवमीडाँडाकै राजेन्द्र आङ्देम्बे,राजु आङ्देम्बे,नारायण तिम्सिना र प्रकाश आङ्देम्बेले पत्रकार सम्मेलन गरी गा.वि.स.मा लाखौँ रुपैयाँ अनियमितता भएको आरोप लगाएका हुन् । आर्थिक वर्ष २०६९ ÷०७० मा सामुदायिक प्रजनन् नश्ल सुधार कार्यक्रम अन्तर्गत नवमीडाँडा गा.वि.स.३ का गोपाल घिमिरेलाई सम्झौता अनुसार ६० हजार रुपैयाँ दिएकोमा उनले कार्यक्रम नगरी तत्कालिन सचिव भेषराज दाहाललाई दिएको तर गा.वि.स.को खातामा जम्मा नगरी हिनामिना गरेको,गा.वि.स.को विभिन्न वडामा विद्युतिकरणका लागि कूल ५ लाख ८२ हजार ९ सय ३० रुपैयाँ विनियोजन गा.वि.स.ले गरेपनि स्थानीयहरु आफैले लगानी गरेर विद्युतीकरण गरेको तर सचिव दाहालले स्थानीयलाई रकम फिर्ता नगरेको आरोप लगाइएको छ । आर्थिक वर्ष २०७०÷०७१ मा ट्रान्सफर्मर खरिद गर्न दुई लाख ५० हजार विनियोजन गरिएकोमा सांसद भीष्मराज आङ्देम्बले सांसद विकास कोषबाट ट्रान्सफर्मर खरिद गरिदिएको तर गा.वि.स.ले खरिद गरेको भनेर विनियोजित बजेट हिनामिना गरेको,प्रजनन् नश्ल सुधार सामग्री खरिद नै नगरी विनियोजीत २ लाख ९४ हजार ३ सय १० रुपैयाँ हिनामिना गरेको आरोप लगाएका छन् ।

यसैवीच पूर्व सचिव दाहालले भने ट्रान्सफर्मरका लागि जिल्ला विकास समितिबाट रकम आएको र गा.वि.स.सँग नठोक्किने भन्दै सिँधै उपभोक्ता समितिमा जाने भन्दै आफूलाई अनावश्यक मुछिएको भन्दै आपत्ती जनाउनु भएको छ । उहाँले सचिवको व्यक्तिगत खातामा सो रकम नआउने भएकाले आधारहित कुराको पछि नलाग्न आग्रह गर्नु भएको छ । उहाँले आफूमाथि लागेको आरोप गलत भन्दै कागजातले पुष्टी गर्ने पनि बताउनुभयो । प्रजनन नश्ल सुधार कार्यक्रमबाट नवमीडाँडा ३ मा गोपाल घिमिरेलाई दिएको भनिएको पैसा लिएर पछि पशु कार्यालयकै कर्मचारीहरुलाई हस्तान्तरण गरेको उहाँको प्रष्टोक्ति छ । प्रजनन नश्ल सुधार सामग्री खरिदका लागि विनियोजित बजेटमा नवमीडाँडा ६ का होमप्रसाद आङ्देम्बे अध्यक्ष ,सोही गा.वि.स.को वडा नम्बर १ का छविरमण हुमागाई सचिव र ७ का गोविन्दप्रसाद न्यौपाने कोषध्यक्ष र केही स्थानीयलाई सदस्य बनाई नक्कली सहि छाप गरी तत्कालिन सचिव दाहालसँगै मिलेर १ लाख ९१ हजार १ सय ६६ रुपैयाँ हिनामिना गरेको पनि आरोप छ । तर अध्यक्ष आङ्देम्बेले भने टेलिफोनमा भन्नु भएको छ ।

गा.वि.स.मा रकम फ्रिज हुने अवस्था भएको थियो । गा.वि.स.सचिवले छिटो प्रजनन नश्ल सुधारको सामग्री किन्नुहोस भन्नुभयो । तर सामान किनिनँ । यो सही हो । तर त्यहाँबाट पैसा निकासा गरेर खानेपानी ,स्वास्थ्य चौकी ,प्रहरी चौकी ,गा.वि.स.मा चेक राइटर मेसिन ग¥यौँ ।हामीसँग विल र भरपाई छँदैछ । यसैवीच युवाहरुले नवमीडाँडाको सिद्धदेवी उच्च मा.वि.मा पनि नीतिगत अनियमितता गरेको आरोप लगाएका छन् । तर विद्यालयका प्रधानाध्यापक वीरेन्द्रकुमार खड्काले भन्नुभयो –कँही कतै अनियमितता गरिएको छैन । यस्तै यसअघिका नवमीडाँडाका गा.वि.स.सचिव यामवहादुर तामाङमाथि पनि विभिन्न योजनामा हिनामिना गरेको आरोप लागेको छ । तर तामाङले आधारहिन आरोप लगाएको बताउनुभयो । यसैवीच युवाहरुले गा.वि.स.मा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालयमा उजुरी पनि दिएका छन् । तर युवाहरुले आफूलाई उजुरी फिर्ता लिन भन्दै ४५ लाख रुपैयाँ दिने आरोपितहरुले भन्ने गरेको बताएका छन् ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक