पाँचथरमा आयोगले तोकेको पाँच वटा स्थानीय तहको निर्धारण गरेर नामाङकन,सीमाङकन र केन्द्र तोक्यो

Monday, August 8th, 2016 at 10:22 pm News Headlines, विशेष, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

रामचन्द्र बम्जन फिदिम पाँचथर साउन/२४

ua
पाँचथरमा आयोगले तोकेको पाँच वटा स्थानीय तहको निर्धारण गरेर नामाङकन,सीमाङकन र केन्द्र तोकिएको छ । तोकिएका पालिकाहरुमा हिलिहाङ गाउँपालिका,फालेलुङ गाउँपालिका,फिदिम नगरपालिका ,कुमायक गाउँपालिका र रवि गाउँपालिका रहेको छ । हिलिहाङ नगरपालिकामा च्याङथापु,फलैँचा,आयोगम,थर्पु,नाँगी,अमपरपुर,पञ्चमी,सुभाङको वडा नम्बर ३,४,५,६,७,८ र ९ समेटिएको छ । ९ वटा वडा तोकिएको छ । गाउपालिकाको केन्द्र भने थर्पु तोकिएको छ । फालेलुङ गाउँपालिकामा एकतिन,प्राङबुङ,मेमेङ,सिदिन,याङनाम र भारपाको वडा नम्बर १,२,३,४ र५ वडा समेटिएको छ । कैन्द्र भने मच्छेबुङ तोकिएको छ । सो वडामा ६ वटा वडा रहेको छ । फिदिम नगरपालिकामा नाँगिन,लुङरुपा,रानिटार,फिदिम,भारपाको ६?७,८ र ९ तथा सुभाङको १र२ समेटिएको छ । यसैगरी चोकमागू ,सिवा र लुम्फाबुङ समेटिएको छ । ११ वटा वडा रहेको नगरपालिकाको केन्द्र फिदिम तोकिएको छ । कुम्मायक गाउँपालिकामा १० वटा गा.वि.स रहेका छन् ।

नवमीडाँडा,इम्बुङ,पौवासारताप,चिलिङदेन,आङसराङ,फाक्तेप,यासोक,रानीगाउ,स्याबरुम्बा र माङजाबुङलाई समेटिएको छ । ७ वटा वडा रहेको गाउँपालिकाको केन्द्र भने यासोक तोकिएको छ । उता जिल्लाको दक्षिणी गा.वि.सहरु आङना,मौवा,वलने,हाङगुम,सराङडाँडा,रवि,आरुबोटे,कुरुम्बा,लिम्वा र दुर्दिम्बा गा.वि.स. रहेको छ । ९ वटा वडा रहेको गाउँपालिकाको केन्द्र भने रवि तोकिएको छ । यसैवीच फिदिम बाहेक कुम्मायक र रविमा नगरपालिकाका लागि तोकिएको जनसंख्या पुग्ने भएपछि नगरपालिका बनाउनु पर्ने आवाज पनि उठ्न थालेको छ । यसैवीच जिल्ला स्थित राजनीतिक दलहरुले भने ७ वटा स्थानीय तहको प्रस्ताव गरेको छ । सो प्रस्तावलाई स्थानीय तह पुनर्सरचना प्राविधिक सहयोग समितिले गाउँपालिका ,नगरपालिका,तथा विशेष,संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण अयोागलाई बुझाउने समितिका संयोजक तथा स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले बताउनुभयो । यसैवीच संघीय गठवन्धनले भने महेन्द्रपथिय संरचनामा स्थानीय तहको पुनर्सरचना गरिएकोले असहमति जनाएको छ ।

गठवन्धनका तर्फबाट संघीय समाजवादी फोरम नेपालका नेता विर्खवहादुर वाईवाले असहमती पत्र वाचन गरेर बाहिरिनु भएको थियो । कार्यक्रममा सांसद गणेश काम्बाङ लगायतको सहभागता रहेको आयोगले दिएको जानकारी अनुसार गाउँ पालिका निर्माणका लागि २५ हजार र नगरपालिकाका लागि ३५ हजार जनसंख्या आवश्यक पर्छ । जिल्लाको जनसंख्या १ लाख ९१ हजार ८ सय १७ रहेको छ । यो जनसंख्याले ६ वटा स्थानीय तह बनाउन भने पुग्ने देखिन्छ । यस्तै आयोगले गाउ पालिकाको वडामा ३७ सय र नगरपालिकाको वडामा ४हजार जनसंख्या हुनु पर्ने प्रावधान पनि छ । गाउँ पालिकामा वडा ५ देखि १२ र नगरपालिकामा ९ देखि १४ सम्म निर्धारण गर्न सकिनेछ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक