समुन्द्रमा रहेका केही विश्व प्रशिद्ध होटल

Thursday, November 19th, 2015 at 1:47 pm बिजनेस

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

रिफरवर्ल्ड, अष्ट्रेलिया
समुन्द्रमा रहेका होटलको मजा लिन चाहनुहुन्छ भने रिफरवर्ल्ड एकदमै राम्रो विकल्प रहेको छ। अष्ट्रेलियाको म्याजेस्टीक ग्रेट बेरीयर रीफनजिक अवस्थित यो एक नौलो किसिमको तैरीने होटल हो। जीवनमा अमूल्य क्षण बिताउन यो एक उत्कृष्ट होटल रहेको छ। यस होटलले स्कुबा डाइभ, ग्रेट बेरीयर रीफको हेलिकप्टर भ्रमण जस्ता विशेष प्रकारका सेवा र सुविधा पनि दिन्छ।

हिल्टन्स कनर्‍याड, माल्दिभ्स
यस्तै माल्दिभ्सको हिल्टन्स कनर्‌‍याड पनि समुन्द्रमा संचालित एक आरमदायक रेष्टुरेन्ट हो। जो पानीभित्र अवस्थित छ। यहाँ सुन्दर जलप्राणी हेर्दै आफ्नो परिवार र साथीभाइसँग खानाको मजा लिन सकिन्छ। यो रेष्टुरेन्ट समुद्रको १६ फिटमुनि रहेको छ र यहाँ आउनुभन्दा १४ दिन पहिले नै रिजर्भेशन गर्नु पर्ने हुन्छ।

जुलेस अन्डरसी लज, फ्लोरीडा
यो एक विशेष प्रकारको होटल होे। जुन समुद्रको ९ मिटरमुनि रहेको छ। अमेरिकामा अवस्थित यो एक मात्र होटेल हो जुन पानीभित्र रहेको छ। यस होटेलमा अन्य सुविधाका साथै स्कुबा डाइभको पनि व्यवस्था रहेको छ।

अट्लान्टीस द पाम, दुबई
यो होटल पाहुनाको स्वागत, सत्कार र यसको बनावटको लागि निकै प्रख्यात रहेको छ। अन्य पानीभित्र रहेका होटल जस्तै यस होटलमा पनि कोठाको सङ्ख्या भने कम नै रहेको छ। आफ्नो कोठा र बाथरुमको झ्यालबाट सामुन्द्रिक जीवन हेर्न सकिन्छ।

द मान्टा रिसोर्ट पेम्बा आईल्याण्ड
यो एक तैरिने टापु जस्तै होटल हो। यो होटल काठले बनाइएको छ। पानी भित्र बस्दा बस्दै दिक्क लागेको खण्डमा माथि आएर घाम पनि ताप्न सकिन्छ।

पोसाइडोन अण्डर सी रिसोर्टस, फिजी
उद्घाटन भएदेखि नै यो एक बहुप्रतिक्षित होटल रहेको छ। यस होटलमा बस्न १ लाख ५० हजार मानिसहरु अझै पनि आफ्नो पालोको पर्खाइमा रहेका छन्। यो आरामदायी पानी भित्र रहेको रिसोर्ट सन् २००८ मा खुल्ने भनिए पनि अझैँ सम्म यसको निर्माण कार्य जारी नै रहेको छ। यो रिसोर्ट समुद्रको ४० फिट मुनि रहेको छ र बिदामा बस्न चाहनेहरुका लागि यो निकै उत्कृष्ट छ।timthumb

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर