अहिले फेसबुक प्रयोगकर्ताहरुले आफ्नो दैनिक कार्य, आफ्नो फोटो, आफूले गरिरहेको काम, आफ्नो लोकेशन फेसबुकमा राख्ने चलन रहेको छ। मानिसहरु आफ्नो बारेमा अरुलाई जानकारी दिन यस्तो गरिरहेका हुन्छन्। तर मानिसहरुको यस्ता कार्यले भविष्यमा केही समस्या उत्पन्न गर्न सक्ने सम्भावना रहेको हुन्छ।
कुनै पनि ठाउँ जाँदा होस् आफ्नो लोकेशन कहिल्यै पनि फेसबुकमा सेयर नगर्ने। यस्तो गर्नाले अपलोड गरिएको स्ट्याटसमा धेरै भन्दा धेरै लाइक र कमेन्ट त प्राप्त गर्न सकिन्छ तर अपराधीहरुले पनि यस्तौ मौका छोपी रहेका हुन्छन्।
घरमा कोही नभएका समयमा चोरीका घटना बढ्न सक्छन्। साथै आफू घरमा एक्लै भएको बेला पनि घरमा कोही छैन, घरमा एक्लै छुँ, घरका मान्छे सबै बाहिर छन् आदी स्ट्याटस पनि राख्नु हुँदैन। अपराधीहरुले केही ठुलो घटना घटाउने सम्भावना हुन्छ।
फेसबुकमा अहिले आफ्नो रिलेशनशीप स्ट्याटस राख्ने चलन पनि निकै रहेको छ। आफू कुनै रिलेशनमा बस्नै बितिक्कै र उक्त रिलेशनबाट छुट्ने बितिक्कै मानिसहरु यस कुरालाई फेसबुकमा राख्न निकै आतुर रहेका हुन्छन्। यसले गर्दा आफ्नो जीवनमा भइरहेका घटनाहरुको जानकारी आरुलाई पुग्ने गर्छ र अरु मानिसले यस विषयमा फाइदा लिन सक्छन्। त्यसैले यस्तो स्ट्याटस नराख्नु नै उचित हुन्छ।