वीर्यदान गर्नुस्, नयाँ आइफोन पाउनुस्

Sunday, October 4th, 2015 at 1:40 pm प्रबिधि

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

चिनियाँ वीर्य बैंकहरूले वीर्यदातालाई प्रोत्साहित गर्न उनीहरूलाई नयाँ आइफोन किन्न पुग्ने पैसा दिने बताएका छन् । ‘अब तपाईंले आफ्ना मिर्गौला बेच्नुपर्दैन, तपाईं सजिलैसँग ६ एस हासिल गर्न सक्नुहुनेछ,’ अस्पतालको अनलाइन पोस्टमा लेखिएको छ ।
आइफोन र आइप्याड किन्न चिनियाँहरूले आफ्नो शरीरको अंग बेच्ने गरेको समाचार समयसमयमा आउने गर्छ । ‘तपाईं स्वस्थ हुनुहुन्छ र नियमित रूपमा शुक्राणु दान गर्नुहुन्छ भने तपाईंले ६ हजार युआन (करिब एक लाख रुपैयाँ) पाउनुहुनेछ,’ आइफोनका तस्बिरमुनि लेखिएको थियो । यो पैसा नयाँ आइफोन किन्न पर्याप्त छ ।
चिनियाँ उपभोक्तामा एप्पलका उत्पादन निकै लोकप्रिय छ । यसअघि सुरक्षाका कारणले सन् २०१२ मा आएको आइफोनको नयाँ मोडेलको बिक्री रोक्नुपरेको थियो । त्यसपछि बेइजिङको एउटा पसलमा भेला भएका दुई हजार आइफोनप्रेमीलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो ।
वीर्यदातालाई आकर्षित गर्न एप्पलको नयाँ उत्पादन प्रयोग गरिएपछि चिनियाँ सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । चिनियाँ माइक्रोब्लगिङ साइट विबोमा एकजना प्रयोगकर्ताले लेखेका छन्, ‘यसलाई गम्भीरताका साथ लिऊँ कि नलिऊँ, म द्विविधामा छु ।’ अर्का एकजनाले लेखेका छन्, ‘यो निकै राम्रो खबर हो । आइफोनका लागि मिर्गौला बेच्नेले यो विज्ञापन देखोस् भन्ने चाहन्छु ।’ नेट इज न्युज पोर्टलमा एकजनाले यसलाई वीर्य बैंकहरूको निकै रचनात्मक प्रयास भएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक