बैज्ञानिकहरुले फेला पारे चार खुट्टा भएको सर्प

Sunday, October 4th, 2015 at 1:39 pm प्रबिधि

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

11129383_942289529154629_151316000098539708_nसुन्दा अचम्म लाग्न सक्छ, तर कुरा सत्य हो । बैज्ञानिकहरुले ब्राजिलमा चार खुट्टा भएको सर्प फेला पारेका छन् । उक्त सर्प ११३ मिलियन पुरानो भएको बताइएको छ र उक्त सर्प सर्पको सबैभन्दा पुरानो प्रजाति भएको अनुमान गरिएको छ । यसअघि बैज्ञानिकहरुले खुट्टा भएको सर्पको प्रजातिको अनुमान मात्र लगाएका थिए । यद्यपी चार ओटा खुट्टा भएको सर्पको प्रजाति भेटिएको भने यो पहिलो पटक हो । सर्पको यो प्रजाति भेटिएसँगै सर्पसँग सम्बन्धित विभिन्न तथ्यहरुको अनुसन्धान हुन थालेको छ भने केहि विवादास्पद अनुसन्धानको निचोड निस्किएको बैज्ञानिकहरुको भनाइ छ । यद्यपी निस्किएको निचोडबारे भने बैज्ञानिकहरुले केहि बोलेका छैनन् ।
बैज्ञानिकहरुले फेला पारेको उक्त सर्प निकै नै सानो भएको बताइएको छ । ७ इन्च लामो शरिर र ४.७ मिलिमिटर लामो खुट्टा भएको उक्त सर्पको अन्य भाग भने केहि बिकसित भएको बैज्ञानिकहरुले बताएका छन् । उक्त शर्पका खुट्टामा केहि लामा औंलाहरु पनि भएको बताइएको छ । बैज्ञानिकहरुले उक्त शर्पा सम्बन्धि विभिन्न अनुमान पनि सार्वजनिक गरेका छन् । ती सर्पहरुले के का लागि आफ्ना खुट्टाहरु प्रयोग गर्दथे लगायत विभिन्न कुराहरुको अनुमान गरेका बैज्ञानिकहरुले यस सम्बन्धि अनुसन्धान गरिरहेको समेत बताएका छन् ।
यस अघि सर्पको प्रजाति र तिनीहरुको जमिनको बसाईं सम्बन्धि बैज्ञानिकहरुको विभिन्न तर्कहरु सार्वजनिक भएका थिए । हाल भेटिएको उक्त सर्प सम्बन्धि अनुसन्धानले भने उक्त सर्पहरु पानीमा नभई जमिनमा बस्ने गरेको तथ्य सार्वजनिक भएको छ । सर्पको शरिरमा पानीमा बस्न सक्ने खालको कुनै पनि अंगहरु नभएको तर जमिनमा घस्रण गर्न सक्ने क्षमताका विभिन्न अंगहरु भएकाले पनि ती सर्पहरु जमिनमा बस्ने गरेको बैज्ञानिकहरुको भनाइ छ ।
बैज्ञानिकहरुका अनुसार खुट्टा हराउदै गर्दा सर्पको अहिलेको रुप आएको हो । निकै पुराना प्रजातिका सर्पहरुको खुट्टा लगायतका अंगहरु हुने गरेको भए पनि बिस्तारै वातावरण अनुसार उनीहरुको शारिरीक अंगहरु अर्कै किसिमले बिकसित भएको हुन सक्ने बैज्ञानिकहरुले अनुमान गरेका छन् ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक