मोबाइल हरायो ? नो टेन्सन !

Sunday, October 4th, 2015 at 1:38 pm प्रबिधि

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

आफ्नो मोबाईल हरावस् भनेर कसैले पनी चाहेको हुदैन । थाहै नपाई हराउने हो । कसैगरी आफुले वर्षौदेखी चलाउदै आएको मोबाईल हरायो भने के हालत होला ? लामो समयदेखी सम्पर्कमा आईरहेका व्यक्तिहरुलाई फेरीपनी कसरी सम्पर्क गर्ने ? आफ्ना आफन्त, साथीभाई ईष्टमित्र मात्रै हैन कार्यालयका महत्वपुर्ण व्यक्तिहरुलाई पनी सम्पर्क गर्नुपर्ने हुन्छ । फेरी मोबाईलमै नम्बर सेभ गर्ने सुविधाले फोन नम्बर कण्ठस्थ गर्ने बानी पनी त हुदैन ।
कसैगरी मोबाईल हरायो भने शरिरको एक अगं प्यारालाईसिस भए सो सरह नै हुन्छ । धेरै काम चौपट्ट नै हुन्छ । यस्तो अवस्थामा मोबाईल त हरायो हरायो तर सेभ गरिएको नम्वर मात्रै पाएपनी धेरै खुसी हुनेथे भन्नेहरु त धेरै भेटिन्छन् । मोबाईल हराएर महत्वपुर्ण नम्बर तथा अन्य सामाग्रीहरु गुमाउनु नपरोस् भन्नको लागी अहिल्य नै तपाईले कम्प्युटरको माध्यमवाट फाईल कपी गरेर सुरक्षित राख्न सक्नुहुन्छ । छैन त अचम्म ?
मोबोजिनिईले तपाईको फोन प्रयोगलाई धेरै सहज र सरल बनाउने काम गर्न सक्छ । यो एप्सको माध्यमवाट तपाईले आफ्नो फोन नम्वर लगायतका महत्वपुर्ण डाटा कम्प्युटरमा व्याकअपको रुपमा राख्न सक्नुहुन्छ । हजारौ एसएमएसहरु छन् भने सजिलै महत्वका आधारमा कम्प्युटरमै सुरक्षिर र म्यानेज गर्न सक्नुहुन्छ ।
अझ अर्को मज्जाको फाईदा भनेको यो एप्सवाटै आफुलाई मन परेका गित, भिडियो एवं फोटो डाउनलोड गर्न, गेम खेल्न सकिन्छ । यो एप्सको फाईदा यतिमै मात्र सकिदैन, मोबोजिनिईले भनेको छ, “सहज एवं सरल तरिकाले मोबाईल प्रयोग गर्न यो एप्स उपयुक्त छ ।”, निशुल्क डाउनलोड गर्न मिल्ने यो एप्सको प्रयोग भने एन्ड्रोईड अपरेटिङ सिस्टमको मोबाईलवाट मात्र प्रयोग गर्न सकिन्छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक