अमेरिका मा अहिलेसम्म कै ठुलो साइबर हमला

Sunday, June 7th, 2015 at 9:34 pm प्रबिधि, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

अमेरिकामा लाखौं कर्मचारीको व्यक्तिगत विवरण चोरी गर्ने अहिलेसम्मको ठूलो साइबर हमला भएको छ। ४० लाख संघीय कर्मचारीको व्यक्तिगत तथा गोप्य सूचना चोरी गर्ने यो हमला चिनियाँ ह्याकरबाट भएको अमेरिकी अधिकारीहरुले आरोप लगाएका छन्।

यद्यपी चीनले यो आरोपलाई अस्वीकार गरेको छ। अमेरिकी गुप्तचर निकाय (एफबीआई) ले यसमा गहिरो अनुसन्धान थालेको छ।

hacker_us

अमेरिकास्थित अफिस अफ पर्सनल म्यानेजमेन्टका कम्प्यूटरमाथि गत अप्रिलमा शंकास्पद गतिविधि भएका थिए। उक्त कार्यालय अमेरिकी संघीय कर्मचारीका व्यक्तिगत विवरण राख्ने सरकारी निकाय हो।

यो साइबर हमलालाई अमेरिकाले शत्रुबाट भविष्यमा आफ्नो मुलुकमाथि हुन सक्ने आक्रमणको योजनाबद्ध थालनीका रुपमा लिएको छ। सुरक्षा अधिकारीका अनुसार यसै वर्षको सुरुवातमा पनि चिनियाँ ह्याकरबाटै यहाँको एन्थम इन्स्योरेन्स कम्पनीमाथि यस्तै साइबर हमला गरी लाखौं बिमाकर्ताको सूचना चोरी भएको थियो।

पछिल्लो साइबर आक्रमण प्रकाशमा आएलगत्तै यहाँका लाखौं कर्मचारीको व्यक्तिगत तथा सम्पत्तिमाथिको सुरक्षाप्रति अमेरिकाभर चिन्ता र बहस सुरु भएको छ। गोप्य सूचना चोरी हुनेमध्ये कैयन् अवकास पाइसकेका र अन्य कैयन् हाल कार्यरत कर्मचारी समेत छन्।

समाचारअनुसार, ती कर्मचारीका सोसल सेक्यूरिटी नम्बर, घर–ठेगाना, जन्ममिति, बैंक खाता विवरण लगायतका गोप्य सूचना चोरी भएका हुन्। यस्ता गोप्य सूचनामै अमेरिकी नागरिकको जीवन चलेको हुन्छ।

सोसल सेक्यूरिटी नम्बर, जन्ममिति र ठेगाना खुलेपछि जोकोहीले चाहेमा हरेक व्यक्तिविरुद्ध जस्तोसुकै कार्य गर्न सक्ने यहाँको सिस्टम छ। सम्पत्तिमाथि हस्तक्षेप, सुरक्षा खतरा, व्यक्तिगत जीवनको स्वतन्त्रता सबै यस्तै गोप्य विवरणमा टिकेको हुनाले यो साइबर हमला ठूलो चिन्ताको विषय बनेको हो।

आफ्ना व्यक्तिगत गोप्य सूचना चोरी भएपछि लाखौं अमेरिकी कर्मचारीले अहिले असुरक्षित महसुस गर्न थालेका छन्। उनीहरुले सबै गोप्य विवरण चोरी भएपछि आफूहरूको धनजनको सुरक्षा र भविष्यप्रति चिन्ता व्यक्त गरेको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ।

यो साइबर आक्रमणपछि अमेरिकाले आधिकारीक रूपमा आफ्ना कर्मचारीलाई यसबारे अवगत गराएको छैन। यसको औपचारिक जानकारी र सुरक्षा उपायबारे छिटै जानकारी गराउने समाचारमा उल्लेख छ। हाल ती कर्मचारीलाई आफ्ना इमेल, बैंक खाता र अरु गोप्य विवरणका नम्बरहरु सकेसम्म छिटो परिवर्तन गर्न मात्र भनिएको छ।

प्रारम्भिक अनुसन्धानमा लगभग हरेक सरकारी निकायका पूर्व तथा वर्तमान कर्मचारीको गोप्य सूचना राख्ने अफिल अफ पर्सनल म्यानेजमेन्टकै कम्प्यूटर नेटवर्कमा हमला भएको देखिएको छ। सरकारी विवरण कम्प्यूटर नेटवर्कमा आएदेखिकै सूचनामाथिको हमलाबाट अमेरिकी सुरक्षा निकाय स्तब्ध बनेको छ। यो अमेरिकामै अहिलेसम्मको ठूलो साइबर हमला मानिएको छ।

ह्याकरले यो हमलामा परेका अमेरिकी नागरिकलाई विश्वभर जहाँसुकै ‘ब्यालमेल’ गर्न सक्ने खतराप्रति विज्ञहरुले चासो व्यक्त गरेका छन्। यो हमलालगत्तै यहाँको कम्प्यूटर नेटवर्क सिस्टमलाई तुरुन्तै भरपर्दो र सुरक्षित तुल्याउन दवाव बढेको छ।

एन्थम इन्स्योरेन्स र अहिलेको साइबर आक्रमण गर्ने ह्याकरबीच सम्बन्ध रहेको दि न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। यति ठूलो साइबर आक्रमण हुनुमा आन्तरिक लापरबाही पनि कारक रहेको ठानिएको छ। केही सरकारी एजेन्सीहरुले ‘साइबर सेक्यूरिटी’ का अपडेटिङ र अपरेटिङ सिस्टम नियमित रुपमा पालना नगरेको समेत पाइएको छ।

अमेरिकी सुरक्षा अधिकारीले चिनियाँ ह्याकरबाटै यो साइबर आक्रमण भएको दावी गर्दै आएका छन्। चीनले यसबारेमा अहिलेसम्म औपचारिक रुपमा नबोलेको उनीहरुको भनाई छ।

यद्यपी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ लीले चीन आफैं यस्तै साइबर हमलाको शिकारबाट पीडित बनेको बताएका छन्। उनले आफूहरूले समेत सबै पक्षबाट यस्ता हमलाको निगरानी गरिरहेको उल्लेख गरेका छन्। उनले चीनमाथि आइबर आक्रमण गरेको तथ्यहिन आरोप नलगाउन पनि अमेरिकालाई आग्रह गरेका छन्।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • chandrakala

    चन्द्रकला हाङसरुम्बा –प्राविधिक

  • anil

    अनिल आङदेम्बे–प्राविधिक